पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै भेटिएनन्

पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै भेटिएनन्

गोरखाः त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात छ। आइतबार पौने पाँच बजे घिमिरे सवार जीप त्रिशूली नदीमा खसेको थियो। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना र उनीहरु सवार गाडीको रातभरि खोजीकार्य भएपनि सोमबार बिहानसम्म फेला पर्न सकेको छैन। 

घटनास्थल दारेचोकको घोप्टेभीरदेखि मुग्लिनसम्म राति साँढे एक बजेसम्म खोजी कार्य गरिएको थियो। सोमबार बिहान पाँचै बजेदेखि फेरि खोजी कार्य भइरहेको घटनास्थलमै रहेका चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँबरले जानकारी दिए ।

'तर अहिलेसम्म कुनै प्रगति भएन' उनले भने 'राति सवा एकबजेसम्म खोज्यौं । अहिले बिहान पाँच बजेदेखि नै हामी दुर्घटनास्थलमा खटिएका छौं । तर केही फेला पार्न सकिएन ।' नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको करिब दुई सय जनाको टोली निरन्तर खटिएको उनले जानकारी दिए। 'प्रत्यक्ष रुपमा हाम्रो संयुक्त टोली मुग्लिनसम्म खटिएको छ । त्रिवेणीबाँधसम्म पनि हामीले निगरानी गरिरहेका छौं' कुँबरले भने ।

खोजी कार्यका लागि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिँह, नेपाल प्रहरीका एसपी वसन्त कुँबर, सशस्त्र प्रहरीको विपद ब्यबस्थापन तालिम केन्द्रका प्रमुख एसएसपी राजुराम सुवाल, नेपाली सेनाको धादिङस्थित देवीदल गणका मेजरसहितको टोली आइतबारदेखि निरन्तर खोजीकार्यमा लागेको कुँबरले बताए ।

 

खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली पनि खटिएका छन् । 'राती टावर सर्चलाइट प्रयोग गरेर खोज्यौं' एसएसपी सुवालले भने 'तीन वटा ढुंगा परिचालन गरिएको छ । डोरीमा चुम्बक राखेर गाडी खोज्ने प्रबिधि पनि अपनाइएको छ ।' सशस्त्र प्रहरीको ४५ र नेपाली सेनाको ७० जनाको टोली खटिएको उनले बताए । ८० जना भन्दा धेरै नेपाल प्रहरी खटिएका छन् ।

राति पानी परेपछि खोजीकार्य रोकिएको थियो । 'सवा एक बजेसम्म खोजिएको थियो' इप्रका मुग्लिनका इन्स्पेक्टर योगेन्द्र हमालले भने 'पानी धमिलो र तीब्र प्रबाहका कारण खोजी कार्यमा जटिलता भएको छ ।' सोमबार पनि निरन्तर खोजी कार्य जारी रहने उनले जानकारी दिए ।

मुक्तिनाथ दर्शन गरेर फर्केको पूर्वमुख्य सचिवसमेत रहेका पूर्वगृहमन्त्री घिमिरे सवार बा ९ च १५३१ नंबरको स्कोरपियो जीप आइतबार अपरान्ह पौने पाँचबजेतिर त्रिशुलीमा खसेको थियो । दुर्घटनामा घिमिरे र उनका भाइहरु मोहन घिमिरे र प्रकास घिमिरे बेपत्ता छ । घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की र घिमिरेका आफन्त नारायण काफ्लेको शव भेटिएको छ । चालक विष्णु राईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.