चिसो भुइँम प्रसूति !

चिसो भुइँम प्रसूति !

वीरगन्ज: वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा शड्ढयाको अभावमा गर्भवती महिला चिसो भुइँमै सुत्केरी गराउन बाध्य छन् ।

दुई सय ५० शड्ढयाको अस्पतालले प्रसूतिगृहमा भने २५ शड्ढयाको मात्र स्वीकृति पाएको छ । अस्पतालको प्रसूतिगृहमा एक सातायतादेखि दिनहुँ ५० देखि ५५ जना सुत्केरी गराउन आइरहेका छन् ।

शड्ढयाको अभाव भएपछि प्रसूतिगृहका चिकित्सक र नर्सले गर्भवती महिलालाई भुइँमै राखेर सुत्केरी गराइरहेका छन् । शड्ढयाको अभावमा दुई दिनेदेखि चिसो भुइँमा बस्नुपरेको सुत्केरी सबिना बस्नेतले बताइन् । 'बेड खाली छैन । दुई दिनदेखि चिसो भुइँमा बस्नुपरेको छ', उनले भनिन्, 'साह्रै गाह्रो भइरहेको छ ।'

'डेलिभरी गराउन आउने महिलाको चाप धेरै छ तर बेड कम छ', प्रसूतिगृहकी इन्चार्जसमेत रहेकी मेट्रोन विशाखा चौधरीले भनिन्, 'अस्पतालमै आइसकेका बिरामी फर्काउनु भएन । केहीलाई भुइँमै राखेर भए पनि सुत्केरी गराउन बाध्य छौं ।'

गत मंगलबारदेखि दैनिक ४०÷५० जना गर्भवती महिला सुत्केरी गराउन अस्पतालमा आइरहेको उनले बताइन् । शड्ढयाको अभाव भएका कारण आइतबार पनि प्रसूतिगृहमा रहेका ४५ जनामध्ये १०÷१२ जना सुत्केरी भएका महिला र नवजात शिशुलाई भुइँमै राखिएको चौधरीले बताइन् ।

अस्पतालमा सुत्केरी गराउन आउने महिलाको संख्या बढेपछि अस्पतालले सामान्य प्रक्रियाबाट प्रसूति भएका महिलालाई एकै दिनमा घर पठाउने गरेको छ । शल्यक्रियाबाट सुत्केरी भएका महिलालाई भने तीन दिनसम्म राख्ने गरिएको छ ।

'बेड नभएपछि सुत्केरी भएका महिलालाई १२ घन्टामै डिस्चार्ज गर्नुपर्ने बाध्यता छ', मेट्रोन चौधरीले भनिन्, 'भुइँमा राख्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा संक्रमण हुने खतरा हुन्छ ।'

अस्पतालमा गर्भवती महिला आउने क्रम बढेपछि शड्ढयाको अभावमा सेवा दिन समस्या भइरहेको अस्पतालका प्रवक्ता रमेश चौधरीले बताए ।

निजी अस्पताल र नर्सिङ होममा गर्भवती महिलालाई प्रसूति गराउन महँगो शुल्क तिर्नुपर्ने तर नारायणी उपक्षेत्रीय अस्पतालमा निःशुल्क उपचारका साथै रकम पनि पाउने हुनाले गर्भवती महिलाहरू नारायणी अस्पतालतर्फ नै आकर्षित भएको उनले बताए ।

नारायणी उपक्षेत्रीय अस्पतालमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलाहरूको निःशुल्क उपचारका साथै औषधि र पोषणबापत जनही पाँच सय रुपैयाँ उपलब्ध गराइन्छ ।

अस्पतालका प्रवक्ता चौधरीका अनुसार प्रसूतिगृहमा आठजना चिकित्सक र पाँचजना स्टाफ नर्सको दरबन्दी छ तर मुस्किलले दुईजना चिकित्सकमात्र भेटिन्छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.