टालेरै सकियो सडकको बजेट

टालेरै सकियो सडकको बजेट

बनेपा: मध्यमाञ्चल सडक डिभिजन कार्यालय भक्तपुरले बनेपा-पनौतीखण्डको सडक स्तर उन्नति गर्न छुट्ट्याएको बजेट टालेर मात्रै सकिएको छ । प्रत्येक वर्ष मर्मतसम्भार गर्न करोडौं रुपैयाँ खर्च गरे पनि उक्त सडकखण्डको स्तर उन्नति हुनसकेको छैन ।

'सडक स्तर उन्नति गर्न प्रत्येक वर्ष बजेट आयो तर बाटो जस्ताको तस्तै छ', पनौतीका ५ का राजन कर्माचार्यले भने, 'बर्सैपिच्छे आएको बजेट सक्ने काममात्र भएको छ ।' बनेपा-पनौती सडकखण्ड ठेकेदार र कर्मचारीका लागि कमाइखाने भाँडो भएको छ । उनले भने, '५ किलोमिटर बाटोमा एक हजारभन्दा बढी खाल्टा छन् ।'

'निर्माणका लागि सडक पेटीमा थुपारिएको निर्माण सामग्रीले सडक झन् साँघुरो हुँनुको साथै दुर्घटनासमेत हुने गरेको छ', पनौती ३ का स्थानीय सौगात बस्नेतले भने, 'घाम लागेको बेला धुलो उड्ने र पानी परेको बेला हिलाम्ये हुने भएकाले सवारी साधन र यात्रु आवतजावत गर्न कठिन हुन्छ ।'

'ठूलो पानी आयो भने सडक नै अवरुद्ध हुन्छ । बसबाट आर्लेर पैदल हिँड्नुपर्ने बाध्यता छ', कुशादेवी गाविसका राकेश सापकोटाले भने, '२० मिनेटमा पुगिने कार्यालय जान २ घन्टाअघि तयार भएर हिँड्नुपर्छ ।'

डिभिजन कार्यालय भक्तपुरले बनेपा-पनौती सडक मर्मतका लागि २०७१ मंसिर २४ गते ४२ लाख ४२ हजारमा ठेक्का खोलेको थियो । उक्त टेन्डरमा बीएसपी निर्माण सेवाले ६५ प्रतिशत कम लागत १४ लाख ४८ हजारमा बाटो मर्मतको ठेक्का लिएको थियो । ठेक्का लिएर काम गरेको कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेपछि सडकको अवस्था झन् बिग्रिएको छ ।

गत आर्थिक वर्षको वैशाखमा ८० लाखको बजेटमा पनौतीको ६ किलोमिटर सडक मर्मत गरिएको थियो तर मर्मत गरेको केही महिनामै पिच उप्किएको थियो । केही महिनाअघि तीन करोडको लागतमा गरिएको कालोपत्रे समेत उप्किएपछि स्थानीय आक्रोशित भएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर ध्रुव श्रेष्ठले दसैंअघि सडक पिच हुन नसके पनि सामान्य मर्मतसुधार गरिने बताए । उनले भने, 'ठेक्काको समय चैतसम्म छ । अहिले लगातारको वर्षाले काम अगाडि नबढेको हो । कात्तिकसम्म काम सम्मन्न हुन्छ ।'

डिभिजन कार्यालयले पनौतीदेखि सुब्बागाउँसम्म २ करोड ५२ लाख रुपैयाँमा कालोपत्रे गरेको थियो भने सुब्बागाउँदेखि बनेपासम्मका लागि ४ करोड १३ लाखमा ठेक्का दिए पनि ठेकदार कम्पनीले काम गर्न सकेको छैन । बाटोमा भएका खाल्टासमेत पुरिएका छैनन् ।

 

सडक डिभिजन कार्यालयले समयसमयमा कालोपत्रे टाल्ने र ड्रेन मर्मत तथा खाल्टा पुर्ने कामबाहेक दीर्घकालीन व्यवस्थापन गरेको छैन । यही सडकबाट करोडौं रकम राजस्व संकलन गर्दै आएको पनौती नगरपालिका र जिल्ला विकास समिति पनि सडकको दुरवस्था हँदासमेत मौन बसेको स्थानीयको आरोप छ ।

पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्र अधिकारी टालटुल गरेको भरमा पनौती-बनेपा सडकमा सुधार नआउने बताउँछन् । 'टालटुलभन्दा पनि दिगो निर्माणका लागि सोच्नुपर्छ । दैनिक हजारौं हेभी ट्रिपर, मिनीबस र साना तथा निजी सवारी साधन चल्छन् ।

यसका लागि दीर्घकालीन स्तर उन्नतितर्फ लाग्नुपर्छ', उनले भने, 'पनौतीमा क्षेत्रीय स्तरको रंगशाला, नेपालकै नमुना प्रहरी तालिम केन्द्र निर्माण हुँदैछन् । अब सडकको भार र क्षमता बढाउनु अत्यन्त जरुरी भइसक्यो । यसका लागि नगरपालिकाको बजेटले भ्याउँदैन । राष्ट्रियस्तरको बजेटको आवश्यकता पर्छ ।'

बाटो जीर्ण हँदा सदरमुकाम धुलिखेल र राजधानी जोड्ने पनौती नगरपालिकासहित डाँडापारिलगायत १५ गाविसका स्थानीय समस्यामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.