अव्यवस्थित रुपमा सडकमा टाँगिएका तारले दुर्घटनाको जोखिम बढायो

अव्यवस्थित रुपमा सडकमा टाँगिएका तारले दुर्घटनाको जोखिम बढायो

रत्ननगर: चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ।

जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ। जसका कारण जोखिम बढेको चितवनका ट्राफिक कार्यालय प्रमुख राजन भेटवालले बताए।

कतिपय स्थानमा चुँडिएका तार झुन्डिएर बसेका छन् भने कतिपय स्थानमा तारका गुजुल्टो नै अव्यवस्थित रुपमा देखिएको छ। भेटवालका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा यत्रतत्र यस्ता समस्या रहेका छन्। नेपालमा धेरै क्षेत्रमा देखिएको यो समस्या चितवनमा पनि प्रशस्तै छ।

चितवन उद्योग सङ्घका अध्यक्ष भीमबहादुर पाण्डेले उद्योग क्षेत्र जाने आउने बाटोमा यसरी तार टाँग्दा सामान ल्याउन प्रयोग हुने ठूला गाडी जोखिममा पर्ने गरेको बताए। आफूहरुले गरेको अनुगमनमा समेत तार यत्रतत्र छरिएको अवस्थामा फेला पारिएको भन्दै अध्यक्ष पाण्डेले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरे।

पश्चिम चितवनको शिवघाट, मङ्गलपुर, मेघौली, गीतानगर, पूर्व चितवनको रत्ननगर, पर्सा, भण्डारा, भरतपुरका विभिन्न क्षेत्रमा यस्तो समस्या छ। स्थानीय प्रशासनले चितवनमा अव्यवस्थित रुपमा तार टाँगिएको गुनासो आएपछि तत्काल तार हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको थियो। अझै निर्देशन कार्यान्वयन भएको छैन।

विद्युत् पोलमै तार टाँगिएकाले कुनै बेला तार गाडीमा अड्किँदा विद्युत् प्रवाह भएर ज्यान जाने अवस्था समेत निम्तने खतरा बढ्दो छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.