'टिकापुर घटनाका दोषीलार्इ आममाफी दिए अान्दोलन'

'टिकापुर घटनाका दोषीलार्इ आममाफी दिए अान्दोलन'

काठमाडाैं: नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले कैलालीको टिकापुर घटनामा संलग्न दोषीलार्इ अाममाफी नदिन सरकारसँग माग गरेको छ।

संविधान जारी भएपछि तरार्इमा भएको अान्दोलनका बेला गत वर्ष कैलालीको टिकापुरमा अान्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी, एक नाबालकसहित ९ जनाको हत्या भएको थियो।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले टिकापुर घटनामा संलग्न अपराधी तथा आरोपीलाई आम माफी दिइए अान्दोलन गर्ने चेतावनी दिइन्।

अध्यक्ष लामाले सरकार सबैको अभिभावक भएकाले टिकापुर घटनाका पीडितलाई पीडा दिनेगरी निर्णय नगर्न अाग्रह गरिन्। उनले टिकापुर घटनाका दोषीलार्इ अाममाफी दिइए मुलुकमा दण्डहीनता मौलाउने बताइन्।

सरकारले टिकापुर घटनामा संलग्नलाई आममाफी दिने तयारी गरेको विरोधमा सोको विरोधमा अनेरास्ववियुले यसअघि अाइतबार राजधानीमा बिरोध प्रदर्शनसमेत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.