टेलीकम प्रबन्ध निर्देशक राजभण्डारीद्वारा पदबहाली

टेलीकम प्रबन्ध निर्देशक राजभण्डारीद्वारा पदबहाली

काठमाडौं: नेपाल टेलिकमकी नवनियुक्त प्रबन्धनिर्देशक कामिनी राजभण्डारीले पदबहाली गरेकी छन् । सरकारले उनलाई तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । टेलिकममा प्रमुख प्राविधिक अधकृत पदमा कार्यरत उनी सो संस्थाकी पहिलो महिला प्रबन्धनिर्देशक हुन् ।

उनले आइतबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेकी हुन् । उनले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने, प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रित गर्ने, योजना, आयोजना कार्यान्वयन र मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले परिवर्तित संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध विकास र समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.