माइक्रोम्याक्सको म्याक्स उत्सव

माइक्रोम्याक्सको म्याक्स उत्सव

माइक्रोम्याक्सले दसैं र तिहारलाई लक्षित गरेर नयाँ अभियान 'म्याक्स उत्सव' सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकलाई नयाँ प्रविधिसहितको फोन उपलब्ध गराउँदै आएको छ । योजनाअन्तर्गत स्मार्टफोन खरिदमा ग्राकहले विभिन्न उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

'उपहार म्याक्सिमम खुसी म्याक्सिमम' नारासहित सञ्चालनमा आएको म्याक्स उत्सव योजनामा बम्पर पुरस्कारअन्तर्गत ग्राहकले सुजुकीको मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन् । त्यसैगरी हरेक माइक्रोम्याक्स स्मार्टफोन खरिदमा ग्राहकले स्योर सटमा नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

लक्की ड्रमार्फत पाँचजनाले एलईडी टीभी प्राप्त गर्न सक्ने तथा एक जोडीलाई दुबई घुम्ने मौका मिल्ने कम्पनीले जनाएको छ । भारतीय ब्रान्ड माइक्रोम्याक्सले निरन्तर आफूलाई उत्कृष्ट ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ ।

 

लेनोभोको विनान्जा अफर

लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफ कम प्रालिले दसैं, तिहार र छठलाई लक्षित गरेर 'विनान्जा' अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपभोक्तालाई थप उत्साहित बनाउने उद्देश्यले 'विनान्जा, अब जित छ पक्का' योजना ल्याएको हो ।

योजनाअन्तर्गत उपभोक्ताले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन् भने हरेक हप्ता लक्की ड्रमार्फत लेनोभो ट्याबलेट तथा नोटबुक जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथमा स्योर सट उपहारअन्तर्गत चाँदीको सिक्का, टिसर्ट, आठ जीबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लुटुथ हेडसेट उपहार जित्न सकिन्छ ।

लेनोभोले स्मार्टफोन, ट्याबलेट र स्मार्ट टीभीलगायतका उपकरण बिक्री गर्छ । विश्वका स्मार्ट फोनमा लेनोभो चौथो स्थानमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले मोबाइल फोन खरिदमा एक वर्षको वारेन्टी तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदान गरेको छ ।

सिटी एक्सप्रेसले दियो जग्गा जित्ने अवसर

सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट पैसा पठाउँदा र नेपालमा पैसा प्राप्त गर्दा चार आना जग्गा प्राप्त गर्न सकिने भएको छ । सोमबार सुरु भएको यो आयोजनामा पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकमध्ये एकजनाले काठमाडौं उपत्यकामा चार आना जग्गा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

साथै हरेक हप्ता एकजनाले ३२ इन्च एलईडी टेलिभिजन प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनामा १२ जनालाई विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनका अनुसार विगतमा गाडी तथा मोटरसाइकल उपहार दिँदै आएकोमा यो वर्ष जग्गा नै दिने निर्णय गरेको हो ।

घडेरी तथा जग्गा उपहारमा मात्र सीमित नरही सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकको सपनाको कदर गर्दै यस्तो योजना ल्याएको उनले बताए । हास्य कलाकारद्वय धुर्मुस र सुन्तलीलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरेर सिटी एक्सप्रेसले 'सिटी बजाएर' बजार प्रवद्र्धन कार्यक्रम प्रस्तुत गरेको थियो ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै कम्पनीले 'सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्' कार्यक्रम अघि सारेको हो ।

सनराइज बैंकद्वारा बिमा रकम हस्तान्तरण

सनराइज बैंकले बिमितलाई बिमा रकम हस्तान्तरण गरेको छ । भक्तपुरका सुर्जेमाया गाबंजार घाइते भई उपचारको क्रममा निधन भएकाले 'बचतकर्ता सामूहिक दुर्घटना बिमा व्यवस्था' अन्तर्गत दुई लाख ३१ हजार आठ सय नौ रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । गाबंजारले बैंकको भक्तपुर शाखामा निक्षेप खाता खोलेकी थिइन् ।

बिमा रकम उनका छोरा राधेश्यामलाई प्रदान गरिएको बैंकले जनाएको छ । चेक हस्तान्तरण बैंकको भक्तपुर शाखाका प्रबन्धक भीमनारायण श्रेष्ठले गरे । आफ्ना बचत खाताका ग्राहकको सुविधाका लागि शिखर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा 'बचतकर्ता सामूहिक दुर्घटना बिमा व्यवस्था' प्रदान गर्दै आएको छ ।

यस सुविधाअन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तबरले व्यक्ति अशक्त भएमा पाँच लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सकिने बैंकले जनाएको छ ।

सगरमाथा सिमेन्टको भेला

घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्टले काठमाडौंमा बुधबार कन्ट्रयाक्टर मिट सम्पन्न गरेको छ । कलाकार इन्दिरा जोशीको सांगीतिक कार्यक्रमबीच भएको समाहोहमा देशभरका सयभन्दा बढी कन्ट्रयाक्टर सहभागी रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा रमाइला खेल पनि खेलाइएको थियो । कार्यक्रममा घोराही सिमेन्ट इन्डस्ट्रिजलाई सहयोग गर्ने कन्ट्रयाक्टरलाई पुरस्कार साथै कदरपत्र हस्तान्तरण गरिएको थियो । पुरस्कृत हुने कन्ट्रयाक्टरमा होटल मेरियट, अपी पावर कम्पनीलगायत रहेको कम्पनीले जाएको छ ।

कार्यक्रममा सेल्स प्रमुख आदित्य सराफले नेपाल अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट उत्पादन गर्न सक्षम भएको बताउँदै सगरमाथा सिमेन्ट दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको दाबी गरे ।

सिप्रदी ट्रेडिङ प्रालिको डिलरमिट

सिप्रदी ट्रेडिङ प्रालि एक्साइड डिभिजनले डिलर मिट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एक्साइड ब्याट्री धेरै बिक्री गर्ने डिलरलाई पुरस्कृतसमेत गरिएको कम्पनीले जनाएको छ । अटोमोटिभ, इन्भर्टर र मोटरसाइकल विधामा प्लाटिनियम, गोल्ड, सिल्भर पर्फमेन्स अवार्डबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा एक्साइड ब्याट्रीसँग १६ वर्षदेखि सहकार्य गर्दै आएको अभिषेक इन्टरप्राइजेज राजविराजलाई पनि सम्मानपत्र वितरण गरिएको एक्साइड डिभिजनका सञ्चालन महाप्रबन्धक सुरेशकुमार तिवारीले बताए ।

सुनाँचादी कला व्यवसायीको नयाँ कार्यसमिति

नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा द्वारिका विश्वकर्मा निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा केशर सेन्चुरी र द्वितीय उपाध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा विष्णुभक्त बराइली, सचिवमा सानुबाबु बराइली, कोषाध्यक्षमा श्यामकुमार विश्वकर्मा र सहकोषाध्यक्षमा प्रकाश घतानी निर्वाचित भएको संघले जनाएको छ । सदस्यमा तीर्थबहादुर लकाई, आकाश विश्वकर्मा, गणेशकुमार रसाइली, अविनाश विश्वकर्मा, प्रेमबहादुर विश्वकर्मा, सुमन राज श्रेष्ठ, सूर्यकुमार लकान्द्री र बालकुमार दर्नाललाई निर्वाचित गरेको छ ।

महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सुनचाँदीको क्षेत्रमा देखिएका समस्या हटाउन सरकार र व्यवसायी दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले व्यावसायिक हकहितका लागि काम गर्ने बताए ।

पुल्चोक क्याम्पसमा आईसीटी सेन्टर

पुल्चोक क्याम्पसको इन्स्टिच्युट अफ इन्जिनियरिङमा आईसीटी सेन्टर सञ्चालनमा आएको छ । कोरियन सरकारको सहयोगमा सञ्चालनमा आएको उक्त सेन्टरको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

कार्यक्रममा दक्षिण कोरियाका राजदूत चो योङ जिन, शिक्षामन्त्री धनीराम पौडेल पनि उपस्थित थिए । नेपालमा आईसीटी क्षेत्रमा क्षमता विकासका साथै गुणस्तरीय आईसीटी शिक्षामा विद्यार्थीको पहुँच पुर्‌याउने उद्देश्यले सेन्टर सञ्चालन भएको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङको मातहतमा सञ्चालनमा रहने यो सेन्टर पूर्ण प्रविधियुक्त छ । यसको निर्माणमा दक्षिण कोरियाले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.