थ्रीस्टार समूह विजेता बन्दै बोर्डोलोई ट्रफी फुटबलको सेमिफाइनलमा
काठमाडौंः थ्रीस्टार क्लब बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतको गुवाहाटीस्थित नेहरु रंगशालामा आइतबार राति भएको खेलमा थ्रीस्टार सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। बराबरीमा रोकिएपनि थ्रीस्टार समूह ‘ए’ को विजेता बन्दै विजेता बन्दै ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबलको सेमिफाइनलमा प्रवेश गर्यो।
थ्रीस्टारले यसअघि खेलेका दुई खेलमा एकमा जित र एकमा बराबरी खेलेको थियो। थ्रीस्टारसँग बराबरीमा रोकिएको घरेलु टोली सिलोङ लाजोङ समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल पुग्यो।
खेलमा अग्रता भने सिलोङ लाजोङले लिएको थियो। खेलको २७ औँ मिनेटमा मिलन बासुमातरीले गोल गर्दै सिलोङलाई सुरुवाती अग्रता दिलाएका थिए। यसअघि खेलको ३३ औं मिनेटमा थ्रीस्टारले पेनाल्टी पाएपनि बराबरी गोल फर्काउन सकेन। पेनाल्टीमा विमल घर्तीमगर गोल गर्न चुके।
तर, खेलको ७५ औं मिनेटमा निराजन खड्काले थ्रीस्टारका लागि बराबरी गोल गरे। फाइनल प्रवेशका लागि अब थ्रीस्टारले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ।