जंगलमा शक्तिशाली हतियारका थुप्रै गोली भेटिए

जंगलमा शक्तिशाली हतियारका थुप्रै गोली भेटिए

सुर्खेत: जाजरकोटको जंगलमा छरपस्ट अवस्थामा ठूलो परिमाणमा गोली भेटिएको छ ।

जिल्लाको भेरीमालिका नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा अत्याधुनिक हतियारका गोली भेटिएको प्रहरीले जनाएको छ । जंगलमा छरेको अवस्थामा रहेको गोली प्रहरीले सोमवार संकलन गरेको हो ।

स्थानीय स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारिएको जिल्ला प्रहरी काकर्यालय जाजरकोटले जनाएको छ ।

जंगलको भीरमा छरिएर रहेको अवस्थामा इन्सास राइफल लगायतका अन्य अत्याधुनिक हतियारमा प्रयोग हुने गोली फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक हिक्मत बोहोराले जंगलमा छरिएको अवस्थामा गोली रहेको खबर पाएपछि आफूहरुले संकलन गरेको जानकारी दिए । डोल्पा जोड्ने सडकको दक्षिणतर्फ करिब एक सय मिटर टाढा आफूहरुले गोली फेला पारेको प्रहरी निरीक्षक बोहराले बताए ।

जंगलमा फेला परेको गोली माओवादी द्धन्दका क्रममा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा काम नलाग्ने खालको भएको बोहराले जनाए ।

उनका अनुसार तीन राउण्ड गोली मात्र एसएमजीमा प्रयोग हुने खालको छ । सशस्त्र द्वन्दकालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपस्ट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि जाजरकोटमा प्रहरीले रिम्नास्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो । गोली फेला परेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.