विदेशी शिक्षा नेपालमै

विदेशी शिक्षा नेपालमै

प्राविधिक र अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसारको विषय पढ्न चाहने विद्यार्थीका लागि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेज भरपर्दो विकल्प बनेका छन् । स्वदेशमै बसेर तथा इच्छा लागेको बेलामा सम्बन्धित विश्वविद्यालयमै गएर पढ्न पाइनु यसको विशेषता हो ।

विद्यार्थी आकर्षणसँगै नेपालमा विदेशी विश्वविद्यालय तथा संस्थाबाट सम्बन्धन लिएका कलेजको संख्या पनि थपिँदैछ । यस्ता कलेजमा पढ्दा विदेशमा गई अध्ययन गर्दा लाग्ने कुल खर्चको सरदर १० देखि १५ प्रतिशत रकममात्र तिरे पनि पुग्ने इस्लिङ्टन कलेजका प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकी बताउँछन् ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा मुलुकभर ७० वटाभन्दा धेरै शिक्षण संस्था सञ्चालनमा छन् । तीमध्ये स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने कलेजको संख्या दुई दर्जनभन्दा धेरै छ । यस्ता कलेजमा अध्ययन गर्न विषय र विदेशी संस्थाअनुसार तीनदेखि १२ लाख रुपैयाँसम्म खर्च लाग्छ । यी कतिपय कलेजमा भर्ना हुन टोफल, आईईएलटीएस, स्याट, जीम्याटजस्ता अङ्ग्रेजी भाषापरीक्षा दिनुपर्ने हुन्छ ।

यस्ता कलेजले बीबीए, बीकम, बीएस्सी एफडी, बीटीएम, बीएस्सी बीटी, बीएचएम, बीएजेएम, बीएस्सी आईटी, बीएस्सी कम्प्युटिङ, बीसीए, बीएस्सी मल्टिमिडिया टेक्नोलोजी, बीबीएमलगायत विषय उपलब्ध गराएका छन् । शिक्षा मन्त्रालयले मलेसिया, सिंगापुर, भारत, यूके, अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, फिलिपिन्स र थाइल्यान्डका विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजलाई अनुमति दिएको छ ।

 

इस्लिङ्टन कलेजका प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकीका अनुसार विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने, विदेशमा गएर तिर्ने पैसाको तुलनामा निकै कम शुल्क तिरेर स्वदेशमै पढ्न पाइनेलगायत पक्षका कारण यस्ता विषयहरूपति विद्यार्थी आकर्षण बढिरहेको छ । ‘यस्ता विषयको पढाइबाट फाइदा भनेको विद्यार्थीले स्वदेशी तथा विदेशी बजारमा सहजै रोजगारी पाउँंछन् । निश्चित तह पार गरेपछि विद्यार्थी बेरोजगार बस्नु पर्दैन’, बुढाथोकी भन्छन् ।

कलेज सञ्चालकका अनुसार एक वा दुई वर्ष नेपालमै अध्ययन गरिसकेपछि विद्यार्थीले चाहेमा अस्ट्रेलिया, यूके, संयुक्त राज्य अमेरिका, सिंगापुर, मलेसिया, आयरल्यान्डलगायत मुलुकमा क्रेडिट ट्रान्सफर गर्न सकिन्छ । तर सम्बन्धित मुलुकमा गएर अध्ययन गर्दा भने सोही मुलुकमा तिर्नुपर्ने शुल्क विद्यार्थीले तिर्नुपर्छ ।


नेपालमै पढे ९० प्रतिशत शुल्क कमः सुलभ बुढाथोकी

मुलुकभित्र पछिल्लो समय विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सोही विश्वविद्यालयको पाठ्यक्रमअनुसार पढाइ सञ्चालन गर्ने कलेजको संख्या बढिरहेको छ । स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमअनुसारको शिक्षा लिन पाउनु विद्यार्थीका लागि खुसीको कुरा हो । यही कारण होला अहिले भारत, बेलायत, अस्ट्रेलिया, मलेसिया अमेरिकालगायत मुलुकका प्रसिद्ध विश्वविद्यालयको सम्बन्धनमा पढाइ सञ्चालन गर्ने कलेजको संख्या बढिरहेको छ ।

बेलायती स्तरको शिक्षा दिने पहिलो कलेज नेपालमा हामीले सन् १९९६ मा स्थापना गरेका थियौं । त्यतिबेला नेपालमा यस्ता कलेजको संख्या अत्यन्त कम थियो । उच्च शिक्षाको खोजीमा बिदेसिनुपरेका विद्यार्थीको समस्या हेर्दा हामीले स्थापना गरेको कलेजले उनीहरूलाई सपोर्ट गर्छ भन्नेमा हामी ढुक्क थियौं । हामीले सुरु गरेपछि अन्य कलेज पनि आए ।

कलेजहरू बढ्दै गएपछि विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरूको नाम नेपालमा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूमा अग्र भागमा आउँछ । यसरी आउनुको मुख्य कारण यस्ता कलेजहरूले दिने शिक्षा र कलेजका भौतिक संरचना आदि नै हुन् ।

तिर्नुपर्ने शुल्क र आफूले चाहेको खण्डमा क्रेडिट ट्रान्सफर गरेर विश्वविद्यालय रहेको मुलुकमा नै गएर पढ्न पाउने अवसर पनि विद्यार्थी आकर्षणको अर्को कारण हो । कुनै विद्यार्थीले लन्डन, अमेरिका वा अन्य कुनै मुलुकको विश्वविद्यालयमा गएर पढ्दा जति शुल्क तिर्नुपर्छ त्यही कोर्समा नेपालमा बसेर पढ्दा १० देखि १५ प्रतिशतमात्र शुल्क तिरे पनि पुग्छ ।

हामीजस्ता कलेज सञ्चालकहरूले नै उच्च शिक्षा अध्ययनका नाममा वार्षिक रूपमा बिदेसिइरहेको करोडौं रुपैयाँ स्वदेशमै रोकेका छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.