रोल्पाका सरकारी कार्यालयमा १ सय १४ कर्मचारीको पद रिक्त

रोल्पाका सरकारी कार्यालयमा १ सय १४ कर्मचारीको पद रिक्त

लिबाङ: रोल्पाका १० वटा सरकारी कार्यालयमा मात्र दरबन्दीअनुसार ११४ जनाको पद रिक्त रहेको सम्बन्धित कार्यालयले जनाएका छन्। लामो समयदेखि दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति हुन नसक्दा हरेक सेवा प्रवाहमा कठिनाइ हुने गरेको कार्यालय प्रमुखहरुको गुनासो छ।

'हामीले हाम्रा कार्यालयबाट सकेजति सेवा प्रवाह गरिरहेका छौँ तर रिक्त पद पूर्ति हुनसके सेवाग्राहीलाई अझ सहज रुपबाट सेवा प्रदान गर्न सकिने थियो,'प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले भने। उनका अनुसार जिप्रका रोल्पालगायत मातहतका एकाइमा ४४ जनाको पद रिक्त रहेको छ। जसअन्तर्गत प्रहरी निरीक्षक दुई, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हवल्दार १८ र प्रहरी जवान २१ गरी ४४ जनाको पद रिक्त रहेको हो।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा जनस्वास्थ्य अधिकृत एक, मेडिकल रेकर्डर एक, प्यारामेडिक्स १२ र कार्यालय सहयोगी चार गरी जम्मा १८ जना कर्मचारीको पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए।

यस्तै जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृत एक, योजना अधिकृत दुई, प्राविधिक सहायक पाँच, नायब प्राविधिक सहायक तीन र कार्यालय सहयोगी तीन गरी जम्मा १४ जनाको पद रिक्त रहेको कार्यालयका प्राविधिक सहायक महेन्द्र पुनले जानकारी दिए।

यसैगरी जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत दुई, विद्यालय निरीक्षक चार, लेखा अधिकृत एक, प्राविधिक सहायक तीन गरी जम्मा १० जनाको पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए।

त्यसैगरी जिविसको कार्यालय रोल्पा र मातहतका गाविसका कार्यालयमा पनि करिब एक वर्षदेखि योजना अनुगमन तथा प्रशासकीय अधिकृत एकसहित अन्य सातजना गाविस सचिवको पद रिक्त रहेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिए।

यस्तै जिल्ला वन कार्यालय रोल्पामा फरेस्टर चार, खरिदार एक, वन रक्षक दुई र सहायक वन अधिकृत तीन गरी १० जनाको पद रिक्त रहेको जिल्ला वन कार्यालय रोल्पाका निमित्त जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेले जानकारी दिए।

जिल्ला पशु सेवा कार्यालय रोल्पामा अधिकृत एक, नायब पशु सेवा तथा नायब पशु स्वास्थ्य प्राविधिक छ गरी जम्मा सातजनाको पद रिक्त रहेको जिल्ला पशु सेवा कार्यालय रोल्पाका कार्यालय प्रमुख नन्दलाल चौधरीले जानकारी दिए।

यसैगरी जिल्ला प्राविधिक कार्यालय रोल्पामा इन्जिनियर दुई, असिस्टेन्ट इन्जिनियर दुई र कम्प्युटर अप्रेटर गरी पाँचजनाको पद रिक्त रहेको छ। यसैगरी जिल्ला भू–संरक्षण कार्यालयमा भूसंरक्षक सहायक दुईजनाको पद रिक्त रहेको कार्यालय प्रमुख प्रदीपकुमार मिश्रले जानकारी दिए।

यीबाहेक अन्य धेरै कार्यालयमा पनि दरबन्दीअनुसार पदपूर्ति हुन सकिरहेको छैन। सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्रीको जिल्लाका कार्यालयमा यस्तो अवस्था छ भने अन्य जिल्लाको अवस्था कस्तो होला सेवाग्राहीको प्रश्न छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.