पूर्व गृहमन्त्री घिमिरेसहित तीन जनाको अवस्था अझै अज्ञात

पूर्व गृहमन्त्री घिमिरेसहित तीन जनाको अवस्था अझै अज्ञात

दारेचोकः चितवनको दारेचोक गाउँविकास समितिको घोप्टेभिरबाट खसेर वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जनाको गाडी अझै फेला गरेको छैन।

आइतबार अपरान्ह ४ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशुली नदीमा खसेर बेपत्ता भएको स्कार्पियो गाडीसंगै घिमिरेका दुई भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे पनि संगै वेपत्ता छन् । उनीहरुको खोजीको लागि ब्यापक रुपमा प्रहरी परिचालन गरिएको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको चितवन प्रहरीले जनाएको छ।

‘बगाएको हुन सक्ने आशंकामा शव फेला पर्ने सम्भावित ठाउँहरुमा ब्यापक प्रहरीहरु परिचालन गरिएको छ,‘चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले भने,‘हामीले त्रिवेणी बाँधसम्मको सीमानामा खोजीका लागि प्रहरीहरु खटाएका छौँ।’ दुर्घटनास्थल आसपासमा विपत ब्यवस्थापन तालिम केन्द्र कुरिन्टारका तालिम प्राप्त सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ।

आइतवार रातिअवेरसम्म सशस्त्र प्रहरीको टावर सर्चलाइट प्रयोग गरी नदीमा चुम्वक फालेर सर्च गरिएको विपत ब्यवस्थापन तालिम केन्द्रका एसपी गणेशबहादुर थापाले बताए। घटनास्थलमा अहिले नेपाली सेनाको तालिम प्राप्त नेपाली सेनाले पानीमुनी गएर खोजी गर्ने प्रयास गरेपनि अन्दाजी २५ मिटर तल केही अड्किएको जस्तो फेला पारे पनि पहिचान गर्न नसकिएको थप सुरक्षा बलसहित फेरि पनि प्रयास जारी राखिएको घटनास्थलबाट चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए।

मुक्तिनाथदर्शन गरेर फर्केको पूर्वमुख्य सचिवसमेत रहेका पूर्वगृहमन्त्री घिमिरे सवार बा ९ च १५३१ नम्बरको स्कोरपियो जीप आइतबार अपरान्ह ४ बजेतिर त्रिशुली नदीमा खसेको थियो। घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की र घिमिरेका आफन्त नारायण काफ्लेको घटनास्थलमा शव भेटिएको थियो भने चालकविष्णु राईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.