पूर्वमन्त्री घिमिरेको अवस्थ बुझ्न गृहमन्त्रीसहित सुरक्षा प्रमुख घोप्टेभीरमा
![पूर्वमन्त्री घिमिरेको अवस्थ बुझ्न गृहमन्त्रीसहित सुरक्षा प्रमुख घोप्टेभीरमा](https://annapurnapost.prixacdn.net/media/albums/Car-accident-57e9eac903a081.81889238_FonDnKzIPa.jpg)
काठमाडौं: गृहमन्त्री विमलेन्द्र निधि तथा सुरक्षा निकायका प्रमुखहरु पूर्वमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी दुर्घटना भएको स्थल चितवनको घोप्टेभीर पुगेका छन् ।
आइतबार भएको दुर्घटनामा घिमिरेकी आमा चैत्यकुमारी घिमिरेसहित तीन जनाको मृत्यु भएको थियो भने । पूर्वमन्त्री घिमिरेसहित तीन जनाको अवस्था अज्ञात छ ।
गृहमन्त्री निधि, नेपाली प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तथा सशस्त्र प्रहरी प्रमुख आईजीपी दुर्जकुमार राई घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण गरिरहेका छन् ।
यसअघि सोमबार यातायात मन्त्री रमेश लेखक पनि घटनास्थलमा पुगेका थिए ।
दुर्घटनास्थलमा बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ । सुरक्षाकर्मीले त्रिशुलीका विभिन्न स्थानमा ब्लक बनाएर खोजी कार्यलाई जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)