पर्यटनको खोज्न इलाममा साइकल र्‌याली

पर्यटनको खोज्न इलाममा साइकल र्‌याली

इलामः पुर्वी पहाडमा साईकल पर्यटनको सम्भावना खोज्ने उदेश्यले सोमबारदेखि इलामको पर्यटकीय गन्तव्य कन्यामबाट पुर्वका पहाडहरुमा सहासीक साईकल यात्रा शुरु भएको छ । चार दिन लामो साईकल यात्रामा विश्व साईकल यात्री पुस्कर शाह, धरान साईकल यात्राका अगुवा कृष्ण केशीसहित आठ जनाको समुह छ ।

मंगलबार दिउसो सदरमुकाम आइपुग्ने साईकल यात्रीको समुहलाई भव्य स्वागत गर्ने आयोजकले जनाएका छन् । दिउसो ११ बजे विव्ल्याटे आइपुग्ने टोलीलाई सदरमुकामका उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका प्रतिनिधिसहित सर्वसाधारणले स्वागत गर्ने तयारी गरेको मेचीपहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका कार्यकारी निर्देशक केशब द्यौरालीले जानकारी दिए ।

साइकल यात्रीको स्वागतका लागि घर घरमा घडा र कलस राखेर स्वागत गर्न नगरवासीलाई आव्हान गरेको उद्योगा बाणिज्य संघ इलामले जनाएको छ । र्याली इलाम नगरपालिका ७ को महभिरमा रहेको रक क्लाइम्विङ सम्म पुग्नेछ । इलामको नयाँ पर्यटकीय गन्तव्य ‘रक्ट क्लाईमिङ’को आजै शुभारम्भ गर्ने कार्यक्रम छ ।

कन्यामबाट शुरु भएको यात्राको आज दोस्रो दिन हो । यात्राको उद्देश्य पुर्वाञ्चलमा साईकल पर्यटनको खोजी गर्न यात्राको आयोजना गरेको विश्व साईकल यात्री शाहाले जानकारी दिए ।

उनले नेपाल साईकल पर्यटनको लागि नेपाल स्वर्णभुमी रहेको भन्दै सबै सरोकावालाले मिलेर काम गर्नुपर्ने बताए ।
पर्यटन सबैका लागि भन्ने नाराका साथमा विश्व साईकल यात्री शाहाको साथमा सुनसरीका कृष्ण केसी, विनु राई, सदिउर घले, इलामका आकाश लिम्बु, विकास लिम्बु, समन लिङ्देन , बाराका सुजन चौधरीले साईकल यात्रा शुरु गरेका हुन् ।

इलामसहित पुर्वी पहाडको पाँचथर, धनकुटा सहितका पर्यटकीय गन्तव्यको पहिचान दिने उदेश्यले विश्व पर्यटन दिवसको अघिल्लो दिन देखि यात्रा शुरु गरेको मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका कार्यकारी निर्देशक केशब द्यौरालीले जानकारी दिए ।

इलामको कन्यामबाट शुरुहुने यात्राको पहिलो दिन व्यपारीक केन्द्र फिक्कल, बरबोटे, मयुखोला पार गरेर जोगमाई, नयाँबजार हुँदै जमुना पुगेको थियो ।

शाह, कृष्ण केसी लगायत ८ जनाको समुहले स्थानीयसगै पर्यटकीय सम्भावनाको विषयमा छलफल गर्ने योजना बनाएको सहभागी केसीले बताए ।

बुधबार तेस्रो दिन रक्सेदेखि पञ्चमी, आमचोक, उत्तरे र रवि हुँदै पाँचथरको लिम्बा, बुधबारे पुग्ने कार्यक्रम रहेको छ । टोली चोथोदिन बुधबारे हुँदै धनकुटाको भेडेटारबाट धरानमा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.