घाँस काट्ने विवादमा पक्षबीच कुटाकुट, एकजनाको मृत्यु

घाँस काट्ने  विवादमा पक्षबीच कुटाकुट, एकजनाको मृत्यु

इनरुवा: सुनसरीको नरसिंह गाविसमा दुई पक्षबीच विवादपछि भएको कुटाकुटमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अफरोज खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

स्थानीय ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवाद कुटाकुटमा परिणत भएपछि खातुनको मृत्यु भएको स्थानीयले बताएका छन्। मृतक खातुनले स्थानीय सडक पेटीको जग्गामा घाँस काटेपछि विवाद उत्पन्न भएको र सोहीक्रममा कुटपिटबाट सोमबार साँझ उनको मृत्यु भएको हो।

मृतक खातुनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ। घटनामा संलग्न भएको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा नरसिंह–१ बस्ने सवरुन खातुन, अमुना खातुन र मुस्तका मियाँ रहेको प्रहरीले जनाएको छ। स्थानीयले घाँस काट्ने विषयमा झगडा भएको र सोही क्रममा आफरोजको मृत्यु भएको दाबी गरेका छन् भने प्रहरीले के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानबाट मात्र खुल्ने जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.