चितवनमा फेरि डेङ्गु, २१ जनामा सङ्क्रमण

चितवनमा फेरि डेङ्गु, २१ जनामा सङ्क्रमण

रत्ननगर: चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो।

वैशाखदेखि साउनसम्म यहाँ डेङ्गु देखिएको थिएन। अघिल्लो वर्ष भदौ महिनामा जम्मा पाँच जनामा मात्रै सङ्क्रमण भएको थियो। भदौको पहिलो सातादेखि असोजको अहिलेसम्म करिब एक महिनाको अवधिमा २१ जनामा सङ्क्रमण भएको पाइएको र त्यसमा ११ जना महिला रहेका छन्।

पुष्टि भएकामा दुई जना मात्रै बाहिरी जिल्लाका रहेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले सङ्क्रमितमध्ये १२ जना रत्ननगरका बिरामी फेला परेको बताए।

'यसपालि रत्ननगर नगरपालिका क्षेत्रमा धेरै पाइएको छ, त्यसैले सचेतना कार्यक्रम सुरु गरेका छौँ, केसीले भने, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाको टोलीले समेत डेङ्गुको अवस्थाको अध्ययन गरेको छ।'

सङ्क्रमित भएकामध्ये नारायणी सामुदायिक अस्पतालका १६, भरतपुर अस्पतालका दुई र चितवन मेडिकल कलेजमा तीनजना बिरामी छन्। विगतका वर्षमा भरतपुर उपमहानगरमा धेरै सङ्क्रमित हुने गरेकोमा यसपटक रत्ननगरमा बढेको पाइएको छ।

डेङ्गु रोगको सङ्क्रमण बढ्ने आशङ्कामा अहिले निःशुल्क परीक्षणका लागि सरकारले भरतपुर अस्पताललाई ५० वटा डेङ्गु कीट उपलब्ध गराएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा कीट उपलब्ध गराइएको हो।

विसं २०६७ मा चितवनमा महामारीको रुपमा फैलिँदा डेङ्गु रोगका कारण पाँच जनाको मृत्यु भएको थियो भने ७३९ जना बिरामी भएका थिए। अघिल्लो वर्ष ८५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ।

अहिले सङ्क्रमण फैलिएपछि चितवनमा सचेतना कार्यक्रम सुरु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले आग्रह गरेका छन्। जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले भाडाको पानी जम्न दिनुहुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.