पहिरोमा बेपत्ता रञ्जनाको शव भेटियो

पहिरोमा बेपत्ता रञ्जनाको शव भेटियो

गोरखाः गोरखाको उइया र केरउँजा गाविसको बीचमा गएको पहिरोमा परी बेपत्ता रञ्जना बस्नेतको शव फेला परेको छ ।

उद्धारमा सक्रिय सुरक्षाकर्मीको टोलीले रञ्जनाको शवलाई पहिरो नजिकैको खोला किनारमा फेला पारिएको गोरखाका प्रहरी प्रमखु एसपी जनकराज पाण्डेयले जानकारी दिए ।

रावादोलु सात ओखलढुंगा घर भई कम्युनिटि एक्सन नेपाल क्यानमा कार्यरत रञ्जना माथिबाट तल झर्ने क्रममा पहिरोमा परेकी थिइन् । मनास्लु पदयात्राका लागि गएका तीन जनाको शव फेला पारिएको थियो भने उनी बेपत्ता थिइन् ।

उनको खोजीमा जुटेको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले मंगलबार बिहान शव फेला पारेको थियो । उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका ११ र नेपाली सेनाका २६ जवान परिचालन गरिएको थियो ।

उक्त पहिरोमा परी एक बिदेशीसहित चार जनाको मृत्यु भएको थियो । पहिरोमा १० नेपालीसहित २४ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.