गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

लिबाङ: 'गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ,' जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन्।

कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ। ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उनले भनिन्।

त्यतिबेला बालविवाहको बारेमा केही पनि नबुझेको बताउने केसीले ह्वामा–१ कर्तम, रोल्पाका १६ वर्षकै विक्रम केसीसँग आजभन्दा करिब चार वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो भने १७ वर्षको उमेरमा उनी आमा बनिसकेकी थिइन्। हाल केसीको परिवार बसाइँसराइ गरेर जङ्कोट–१ माडीचौर, रोल्पामा बस्दै आएको छ।

घरपरिवार र श्रीमान्बाट बराबर माया पाउँदै आएको भएपनि विवाह भएको एक वर्षभित्रै आमा बन्नुपर्दा उहाँको अध्ययन बीचमै रोकिएको हो। 'पढ्ने चाहना भएर के गर्नु बच्चा गर्भमा भएपछि स्कुल जान गाह्रो भयो। चाहेर पनि स्कुल जान सकिएन। घरपरिवारले मेरो पढाइका बारेमा सधैँ चिन्ता गथ्र्यो, तरपनि आमा भएपछि जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ। साथीहरुका अगाडि किताब बोकेर स्कुल जान लाज लाग्यो, अनि पढाइ बीचमै रोक्न बाध्य भएँ,' केसीले भनिन्।

साथीहरु किताब बोकेर स्कुल जाँदै गर्दा केसी आमा बनेर बच्चाको स्याहार सुसारमै ब्यस्त बन्नुपरेको छ, हिजोआज। उनलाई पढेर डाक्टर बन्ने रहर थियो, तर सपना सपनामै सीमित रह्यो।

हतारमा विवाह बन्धनमा बाँधिएकी केसीलाई फर्सदमा पछुतो परेको छ। 'मसँग सबैकुरा छ। आमाबुबा जत्तिकै माया गर्ने सासूससुरा हुनुहुन्छ। आवश्यकता अनुसार खर्च पनि गरेकै छु। श्रीमानको मायामा पनि कमी आएको छैन, तर आफ्नो खुट्टामा उभिन सकिएन, त्यसमै चिन्ता लाग्छ,' उनले भनिन्।

उनका अनुसार चार वर्षको बीचमा जिल्लामा धेरै परिवर्तन आइसकेको छ। त्यतिबेला गाउँमा बालविवाहको बारेमा कसैलाई कुनै किसिमको जानकारी थिएन। यस विषयमा चर्चा पनि चल्दैनथ्यो। तर अहिले हरेक दिन रेडियोले बालविवाहका बारेमा केही न केही बोलिरहेको हुन्छ, पत्रपत्रिकामा पनि बालविवाहका कुरा पढ्न पाइन्छ।

'अब त बालविवाह गरे कानुन लाग्छ भन्ने विषयमा पनि बुझेकी छु। बीस वर्षपछि अध्ययन पूरा गरेर विवाह गरे आफ्नो खुट्टामा उभिन सकिन्छ। त्यसैले पछिल्लो पुस्ताका सबैलाई विवाहका बारेमा हतार नगर्न अनुरोध गर्छु,'केसीले भनिन्।

जिल्लामा बाल विवाह न्यूनीकरणका लागि अभियान थालिएसँगै पछिल्ला दिनमा बालविवाह न्यूनीकरणमा केही कमी आउँछ कि भन्ने अभिभावकले आशा सङ्गालेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.