क्लिन्टन र ट्रम्पबीच पहिलो बहस सम्पन्न (भिडियोसहित)
काठमाडौं: ४५ औं अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीचको पहिलो बहस मंगलबार बिहान सकिएको छ । पौने सात बजेदेखि सवा आठ बजेसम्म भएको बहसमा अमेरिकी अर्थतन्त्रको विषयमा बहस केन्द्रीयत भएको छ ।
स्थानीय समयअनुसार सोमबार राति नौ बजेदेखि साढे दस बजेसम्म (नेपाली समयअनुसार मंगलबार बिहान ६ः४५ देखि ८ः१५ बजेसम्म )न्युयोर्कको होफ्स्ट्रा विश्वविद्यालयमा यो बहस भएको हो । यो बहसमा अमेरिकी दिशा, समृद्धि निर्माण र सुरक्षित अमेरिकाको विषयमा केन्द्रीत भएको छ ।
बहसलाई सीएनएन, फक्स न्युज, एबीसी, एनबीसी, सीबीएस, एमएसएनबीसी, सी स्प्यानलगायत टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका छन्। ‘यूएस विक्ली’ ले बहसलाई ब्लगमा प्रत्यक्ष रिपोर्ट गर्नेछ भने फेसबुकमा पनि लाइभ भएको छ ।
गरेका छन् । उनी सन् १९९२ पछि राष्ट्रपतीय निर्वाचन बहस सहजीकरण गर्ने पहिलो अश्वेत हुन् । पछिल्लो अश्वेत सहजकर्ता क्यारोल सिम्पसन थिए । उनले सन् १९९२ मा सहजीकरण गरेका थिए । ट्रम्पले सहजकर्ता डेमोक्रेट हुनुपर्ने भने पनि होल्ट रिपब्लिकन हुन् ।
बहसको नियम अनुसार सहजकर्ताले डेमोक्रेटिक दलकी उम्मेदवार हिलारी क्लिन्टनलाई एक प्रश्न गरेर बहस सुरु गरेका थिए उनले दुई मिनेटमै जबाफ दिएपछि रिपब्लिकका उम्मेदवार डोनाल्ड ट्रम्पले उक्त प्रश्नको जबाफ दिने अवसर पाए ।
बहसका लागि ट्रम्प र क्लिन्टनले बेग्लाबेग्लै तरिकाले तयारी गरेका थिए । ‘न्यु योर्क टाइम्स’ का अनुसार क्लिन्टनले आफ्ना प्रतिद्वन्द्वीलाई परास्त गर्न विभिन्न सामाजिक र राजनीतिक विषयका कागजातहरूको बाक्लो फाइल अध्ययन गरेकी थिइन । सीएनएनका अनुसार अर्कोतर्फ ट्रम्पले भने क्लिन्टनका विचार खण्डन गर्ने आफ्नै तरिकामै विश्वस्त देखिए ।
को हुन् ट्रम्प ?
रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका प्रत्यासी डोनाल्ड जोन ट्रम्प (७०) लेखक, व्यवसायी र टेलिभिजन प्रस्तोता हुन् । उनी ‘द ट्रम्प अर्गनाइजेसन’ का अध्यक्ष पनि हुन् । यो संस्था घरजग्गा कारोबार गर्छ । न्युयोर्कमै जन्मेहुर्केका ट्रम्पले ‘पेन्सिलभेनिया विश्वविद्यालय’ बाट अर्थशास्त्रमा सन् १९६८ मा स्नातक गरेका छन् ।
आफ्ना बुबा फ्रेड ट्रम्पसँग घरजग्गा र निर्माण व्यवसायको काम थालेका ट्रम्पले सन् १९७१ मा व्यवसायको पूरै अधिकार पाएका हुन् । पछिमात्र उनले संस्थालाई अहिलेको नाम दिएका हुन् । व्यावसायिक जीवनमा उनले होटेल, क्यासिनो, गल्फ कोर्सलगायत विभिन्न क्षेत्रको निर्माणमा हात हालेका छन् । उनी संसारकै पाँच सय अर्बपतिहरूमध्ये पर्छन् ।
२०१५ को जुनमा ट्रम्पले रिपब्लिकन पार्टीबाट राष्ट्रपति निर्वाचनमा उठ्ने घोषणा गरेपछि उनी पार्टीभित्रै पहिलो दर्जाको प्रतिस्पर्धी बने । २०१६ को मेमा उनी रिपब्लिकन दलबाट राष्ट्रपति उम्मेदवारका लागि सुनिश्चित भए ।
को हुन् क्लिन्टन ?
डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी डायन रोधम क्लिन्टन अर्थात् हिलारी क्लिन्टन (६८) ले विभिन्न पदमा रहेर राज्य सञ्चालनको अभ्यास गरिसकेकी छन् । उनी सन् २००९ देखि २०१३ सम्म संयुक्त राज्य अमेरिकाकी ६७ औं सचिव थिइन् ।
बिल क्लिन्टनकी पत्नीका रूपमा प्रथम महिलाको अनुभव गरिसकेकी क्लिन्टन पार्क रिजको सानो सहरमा हुर्केकी हुन् । उनले सन् १९६९ मा वेलिस्ले कलेजबाट ग्र्याजुएट गरिन् भने याले ल स्कुलबाट सन् १९७३ मा डक्टर अफ जुरिसप्रुन्डेन्स (जेडी) गरिन् । उनले केही समय कानुन व्यवसायीका रूपमा अभ्यास पनि गरिन् ।
सन् १९७५ मा बिल क्लिन्टनसँग विवाह भएपछि उनी अर्कान्ससतर्पm आइन् । उनी सिनेटरमा पनि निर्वाचित भएकी थिइन् । उनी न्युयोर्ककै पहिलो महिला सिनेटर पनि हुन् । सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तान युद्धका पक्षमा उनले मत दिएकी थिइन् । २००९ देखि २०१३ सम्म ओबामा प्रशासनमा सचिवको हैसियतले उनले अरब विद्रोहको सामना गरिन् । लिबियामा अमेरिकी हस्तक्षेपको पक्ष लिइन् । इरानलाई अन्तर्राष्ट्रिय रूपमा एक्लो बनाउन भूमिका पनि निर्वाह गरिन् । २०१६ जुलाईमा उनी डेमोक्रेटिक दलबाट राष्ट्रपति पदका लागि उम्मेदवार बनेकी थिइन् ।
बाझिने विचार
यी दुई राष्ट्रपति पदका प्रत्यासीका विभिन्न विषयमा मत बाझिन्छन् । विभिन्न कार्यक्रममा उनीहरूले दिएको भाषण, सामाजिक सञ्जाल, लेख र अन्तर्वार्तामा प्रस्तुत विचारका आधारमा ट्रम्प र क्लिन्टनले विभिन्न विषयमा यस्ता फरक मत राख्छन् :
१) आप्रवासी सम्बन्धमा
ट्रम्प : मेक्सिकोको सीमामा पर्खाल लगाउनुपर्छ । यसका लागि मेक्सिकोले खर्च गर्नुपर्छ । कानुनी आप्रवासीलाई मात्र आउन दिनुपर्छ।
क्लिन्टन: ‘ड्रिम कानुन’ लागू गर्नुपर्छ । अवैधानिक आप्रवासीहरूलाई अंग्रेजी सिकाएर र केही जरिबाना गरेर वैधानिक बनाउनुपर्छ । ‘डिभलपमेन्ट, रिलिफ एन्ड एजुकेसन फर एलियन माइनर्स’ (ड्रिम कानुन) अमेरिकी व्यवस्थापिकाको प्रस्तावित कानुन हो । यो विभिन्न तह पार गरेर अवैधानिक आप्रवासीलाई वैध बनाउने कानुन हो ।
२) स्वास्थ्योपचार सम्बन्धमा
ट्रम्प : ओबामाकेयरबाट वाक्क भइयो । बिमामा जोड दिनुपर्छ ।
क्लिन्टन : ओबामाकेयरलाई अझ विस्तार गर्नुपर्छ ।
बाराक ओबामाले २०१० मार्चमा ल्याएको ‘प्यासेन्ट प्रोटेक्सन एन्ड एफर्डबेल केयर एक्ट’ लाई नै ओबामाकेयर भनिन्छ । यो कानुनले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्छ ।
३) गर्भपतन सम्बन्धमा
ट्रम्प: बलात्कार, जबरजस्ती र आमाको जीवनको जोखिमबाहेक अन्य समयमा गर्भपतनलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।
क्लिन्टन : यो महिलाको अधिकार हो । साथसाथै योजनाबद्ध अभिभावकत्व पनि सुनिश्चित गरिनुपर्छ जसले महिलालाई अप्ठ्यारो स्वास्थ्यस्थिति र प्रजननसम्बन्धी समस्यामा सहज हुन्छ ।
४) न्यूनतम ज्यालादर
ट्रम्प : प्रतिघन्टा ७ दशमलव २५ डलर निकै कम हो । (सुरुमा रिपब्लिकनहरूले न्यूनतम ज्यालादर निकै बढी भयो भन्थे, पछि यसो भन्न थालेका हुन् ।)
क्लिन्टन : न्यूनतम ज्यालादर प्रतिघन्टा १२ डलर बनाउनुपर्छ ।
५) इराक
ट्रम्प : इरानसँग पुनः आणविक सम्झौता गर्नुपर्छ । उनले इरानसँग ओबामा प्रशासनले गरेको सम्झौताविरुद्ध लामो वक्तव्य पनि जारी गरेका थिए तर त्यसमा केही तथ्यगत त्रुटि पनि छन् । आलोचकहरूले इरानबारे ट्रम्पको विचार गलत सूचनाबाट जन्मिएको धारणा राखेका छन् ।
उनी आफू इराक आक्रमणपूर्व यो इराक युद्धविरुद्ध भएको दाबी गर्छन् । तर २००२ को सेप्टेम्बरमा उनले होवार्ड स्ट्रनसँगको कुराकानीमा यसको पक्ष लिएको पाइन्छ ।
आईएसआईएसबारे ट्रम्प निकै कडा मत राख्छन् । यसमा उनले सिरियाको प्रत्यक्ष हात रहेको भन्दै अश्लील संकेत आउने गरी गरेको टिप्पणीको व्यापक आलोचना भएको थियो ।
क्लिन्टन :ओबामा प्रशासनले गरेको इरानसँगको आणविक सम्झौताको समर्थन गर्छिन् ।
२००३ मै इराकमाथिको आक्रमणका पक्षमा मत दिएकी थिइन् ।
इजरायल मित्रराष्ट्र हो भन्ने मत छ तर इरानसँगको सम्झौतामा इजरायलले समर्थन नगरेकोमा रुष्ट छिन् ।
आईएसआईएस सम्बन्धमा अहिलेकै रणनीतिलाई बढाउनुपर्ने मत राख्छिन् । उनले आईएसआईएसविरुद्ध थल, वायु र इन्टरनेटबाट युद्ध लड्नुपर्ने प्रस्ताव राखेकी थिइन् ।
६) विश्वतापमान
ट्रम्प : उनले ट्विट गर्दै भनेका थिए, ‘विश्वतापमान वृद्धिको धारणा चीनले अमेरिकी उत्पादनसँगको प्रतिस्पर्धा कम गर्न ल्याएको हो ।’ उनले संयुक्त राष्ट्रसंघीय प्रावधानहरूमा अमेरिकी भूमिकाबारे पुनः विचार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
क्लिन्टन : उनी कार्बन उत्सर्जन गर्न स्वेच्छिक क्याप एन्ड ट्रेड सिस्टमलाई समर्थन गर्छिन् ।