'स्थानीय तहको निर्वाचन चैतमा गर्न ढोका खुल्यो'

'स्थानीय तहको निर्वाचन चैतमा गर्न ढोका खुल्यो'

पोखरा: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएकी छिन्।

नेपाली काँग्रेस कास्कीले मंगलबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य लेखकले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने बताएका हुन्।

नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस तयार रहेको जानकारी गराउँदै उनले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको बताए।

पूर्वपार्टी सभापति एवम् सांसद यज्ञबहादुर थापाले देश चुनावको राजनीतिमा प्रवेश गरिसकेकाले अब कत्ति पनि अलमलिने बेला नरहेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.