बसको ठक्करबाट वृद्धाको मृत्यु
![बसको ठक्करबाट वृद्धाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Accident-nepal-57ea3771128840.07372653_f1dg69RKmC.jpg)
विराटनगरः मोरङमा मंगलबार बिहान यात्रुबाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिमबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ८२०२ नम्बरको बसले पैदल हिँडिरहेको उनलाई ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । बससहित चालक प्रहरीको नियन्त्रणमा छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)