संविधान संशोधन प्रस्तावको प्रतिवाद गर्दै एमाले

संविधान संशोधन प्रस्तावको प्रतिवाद गर्दै एमाले

बुटवलः एमालेका सचिव गोकर्ण विष्टले संविधान कार्यान्वयन र सङ्क्रमणकालको सहज व्यवस्थापनमा दलहरु एक भएर लाग्नुपर्ने बताए ।

प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता विष्टले संविधान संशोधनको हावादारी कुरा नगर्न सत्ता पक्षलाई आग्रह गरे ।

उनले संविधान संशोधनका नाममा प्रदेशको सीमा फेरबदल गर्ने, तराई र पहाडका जिल्लालाई अलग÷अलग गर्ने भन्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

जुनसुकै स्वार्थ र जुनसुकै उद्देश्यले आएको कुरा भए पनि यो लुम्बिनी– राप्ती र समग्र पाँच नं प्रदेशवासी कसैले पनि मान्ने कुरा होइन नेता विष्टले भने, ‘जनमत र जनआकाङ्क्षा विपरीत जाने छुट कसैलाई पनि छैन ।’

नेता विष्टले पाँच नं प्रदेशका तराई र पहाडका जिल्लालाई टुक्रर्याउने गरी सरकारले संविधान संशोधनको प्रस्ताव ल्यायो भने आफूहरुले कडा प्रतिवाद गर्ने र यस क्षेत्रका जनता पनि सडकमा उत्रिने चेतावनी दिएद ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.