‘त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजीमा कुनै कसर बाँकी राखिँदैन’

‘त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजीमा कुनै कसर बाँकी राखिँदैन’

चितवनः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जिप त्रिशूली नदीमा खस्दा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

गृहमन्त्री निधिले त्रिशूली नदी खसेर गाडीसहित बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइको खोजीका लागि सरकारले सबै किसिमका प्रविधिको प्रयोग गर्ने बताएका हुन्।

मंगलबार बिहान पूर्वगृहमन्त्री घिमिरे सवार जिप दुर्घटना भएको स्थलको निरीक्षणपछि गृहमन्त्री निधिले आवश्यक परेमा विदेशबाट पनि गोताखोर मगाउन सरकार तयार रहेको बताए। भारतीय क्षेत्रमा समेत खोजी कार्य गर्न नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा निकायले समन्वय गरी काम सुरु गरिसकेको निधिले बताए।

मन्त्री निधिले नजिकिँदो चाडवाडमा सवारी दुर्घटना हुन नदिन मार्ग इजाजत नलिएका सवारी साधन चल्न नदिने र क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही गरिने बताए। मुक्तिनाथ गएर फर्कदै गरेका पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी आइतबार दारेचोक–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेको थियो।

त्रिशूली नदीमा खस्दा पूर्व गृहमन्त्री घिमिरेकी आमासहित तीनजनाको मृत्यु भएको थियो। घिमिरेसहित तीन दाजुभाइको अबस्था भने अझै अज्ञात छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.