पूर्व गृहमन्त्री घिमिरेका चालकलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

पूर्व गृहमन्त्री घिमिरेका चालकलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौंः पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसँगै जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चालक विष्णु राईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।घाइते राईलाई थप उपचारका लागि मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर एनए ०५७ बाट काठमाडौं ल्याइएको हो।

पूर्वगृहमन्त्री घिमिरेसहित सात जना सवार बा ९ च १५३१ नम्बरको स्कर्पियो जीप आइतबार दिउँसो दारेचोक–३, खोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा चालक राई गम्भीर घाइते भएका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएका चालक राईलाई सशस्त्र प्रहरीले उद्धार गरी तत्काल उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा भर्ना गरिएको थियो।

घाइते राईले घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीलाई गाडी आफूले नभइ पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका थिए। त्यसपछि उनी बोल्न सक्ने अवस्थामा छैनन्। घाइते राईको काठमाडौंस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

जीप दुर्घटनामा पूर्वगृहमन्त्री घिमिरे, उनका भाइहरु मोहन र प्रकाश बेपत्ता अझै बेपत्ता छन्। घटनामा घिमिरेकी आमा चैतन्यकुमारी, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.