इलाकाको आधारमा स्थानीय तहको पुर्नसंरचना गर्ने मन्त्रिपरिषद्को निर्णय

इलाकाको आधारमा स्थानीय तहको पुर्नसंरचना गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुर्नसंरचनाको मापदण्ड संशोधन गर्दै इलाकालाई मुख्य आधार बनाउने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आइतबार प्रमुख दलका शीर्ष नेतासँग भएको सहमति अनुसार स्थानीय तह पुर्नसंरचनामा इलाकालाई आधार मानेर अगाडि बढ्ने निर्णय गरेको हो । मंगलबारको निर्णय अनुसार सरकारले स्थानीय तह पुनरसंरचना आयोगलाई थप कार्यदेश दिएको छ ।

बैठकका निर्णयबारे जानकारी दिदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘बैठकले पुराना इलाकालाई आधार मानेर स्थानीय तहको पुर्नसंरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ ।’

मन्त्री लेखकका अनुसार पुराना इलाका नगरपालिकामा गाभिएका भए त्यस्ता इलाकामा थप गाविस समेटेर नगरपालिकामा राख्ने निर्णय भएको जानकारी दिए । ‘अबका अतिरिक्त स्थानीय आवश्यकता, सघनता र अनुकूलता हेरेर आयोगले थप निर्णय लिन सक्नेछ,’ मन्त्री लेखकले भने ।

पूर्वगृहमन्त्री दुर्घटनाको छानबिनका लागि आयोग गठन

मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको दुर्घटना र धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ ।

सरकारले पूर्व महानिरीक्षक कुवेर रानाको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न र सडक दुर्घटना रोक्ने दीर्घकालीन उपायबारे सुझाव पेश गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.