ट्राफिक नियमविरुद्ध ट्याक्सी चालकको दादागिरीः प्रहरी प्रशासन रमिते

ट्राफिक नियमविरुद्ध ट्याक्सी चालकको दादागिरीः प्रहरी प्रशासन रमिते

काठमाडौ: ट्राफिक नियमविरुद्ध ट्याक्सी चालकले राजधानीमा प्रर्दशन गरेका छन् । ट्याक्सी चालकको प्रदर्शनका कारण मंगलबार राजधानीको यातायात अस्तव्यस्त बनेको छ ।

लेन मिच्न नपाउने, मिटरमा ट्याक्सी चलाउनु पर्ने लगायतका ट्राफिक नियमको विरोध गर्दै ट्याक्सी चालकले र्‍याली निकालेका हुन् । ट्याक्सी र्‍यालीका कारण रिङरोड भित्र र त्यस भित्रका क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको थियो ।

मंगलबार साँझ कोटेश्वर तीनकुनेमा उनीहरुले गरेको विरोधसभाका कारण त्यस क्षेत्रका यात्रुहरु त्रसित देखिन्थे । र्‍यालीमा उनीहरुले जबरजस्ती धम्क्याएर टयाक्सी चालकहरुलाई सहभागी हुन उर्दी गरेका थिए ।

र्‍यालीमा सहभागी हुन नमान्ने चालकलाई धम्क्याउने र ट्याक्सी समेत तोफोड गरी दिने चेतावनी दिए पछि अधिकांश चालक डरले र्‍यालीमा सहभागी बनेका थिए ।taxi2

उनीहरुले ट्राफिक प्रहरीको ज्याजदी गरेको भन्दै त्यसको विरोधका प्रर्दशन गरेका हुन । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र बहादुर मल्लले ट्राफिक नियम मिच्ने र कारवाही गरेको विरोधमा उनीहरुले प्रर्दशन गरेको बताए ।

लोकतान्त्रीक यातायात मजदुर संगठन स्वातन्त्रका भरत गुरुङले उपत्यकामा पार्किङ नभएको र भाडा समेत अत्यन्त न्युन भएको भन्दै त्यसको विरोधमा प्रर्दशन गरेको बताए । उनले ५ हजार टयाक्सी र्‍यालीमा सहभागी भएको बताए ।

यसरी ट्याक्सी डाइभर प्रदर्शनमा उत्रिदा प्रहरी प्रशासन भने रमिते मात्र बन्यो । मंगलबार दिउँसोदेखि कोटेश्वर, तीनकुने, नयाँबानेश्वर खण्डमा भेला भएका ट्याक्सीले साँझ चारबजेपछि उकत सडकखण्ड ठप्प पारेका थिए ।

व्यस्त सडकखण्ड ठप्प हुँदा राजधानीको सवारी व्यवस्थापन अस्तव्यस्त भयो । तीनकुनेमा ट्याक्सी चालकको प्रदर्शनले तीनकुनेदेखि नयाँबानेश्वर, तीनकुनेदेखि जटिबुटीसम्म गाडीको तस्कर थियो ।

रातपरेपछि मात्र ट्याक्सी सडकबाट हटाइएको थियो । लामो समयसम्म सडक अस्तव्यस्त हुँदासमेत प्रहरी प्रशासन भने रमिते मात्र बन्यो । प्रदर्शनका क्रममा तस्बिर खिचेको भन्दै ट्याक्सी चालकले अन्नपूर्ण पोष्ट र कमाण्ड पोष्टका पत्रकारमाथि दुव्र्यवहार समेत गरेका छन् ।

Taxi-at-tinkune-kathmandu


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.