धादिङ दुर्घटनाका घाइतेको बयानः हजुरबा बित्नुभयो म बाँचे (भिडियो)
तस्बिर/भिडियोः रजेन्द्र केसी
काठमाडौँः मंगलबार धादिङ दुर्घटनामा भूकम्पको राहत लिएर घर फर्किएका अधिकांशको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएपछि हेलिकोप्टर मार्फत् राजधानी ल्याइएका घाइतेको बयान अनुसार भूकम्पको राहत लिएर घर फर्किएका चढेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १७ बढी घाइते छान् ।
धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्वरको बस मंगलबार मार्पाक–६ लपाङफेदीमा दुर्घटना भएको थियो। दुर्घटनामा पर्नेहरु अधिकांश सरकारले भूकम्पपीडितलाई घर बनाउन दिएको ५० हजार रुपैयाँ अनुदान लिएर जाने उत्तरी धादिङका स्थानीयबासी रहेको स्थानीय मरिचमान तामाङले जानकारी दिए।
धादिङवेशीको टिकट काउन्टरबाट ३० जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा बीच बाटोमा थप यात्रुहरु चढेको बताइए पनि गाडीमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ।
राजधानीको टिचिङ अस्पतालमा उपचार गराइरहेका एक घाइतेको बयान उनकै शब्दमाः