१९ औं सार्क नहुने

१९ औं सार्क नहुने

काठमाडौं: नोभेम्बर पहिलो साताका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन नहुने लगभग निश्चित भएको छ ।

भारतले आगामी सम्मेलनमा आफू सहभागी हुन नसक्नेबारे सार्कको अध्यक्ष देश नेपाललाई जानकारी गराएको हो । कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन छ ।

भारत नियन्त्रित कस्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत—पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ । भारतले उक्त आतंकवादी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

सार्कका महत्त्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सार्कको अध्यक्ष मुलुक नेपाललाई सार्क शिखर सम्मेलनमा भारत सहभागी हुन नसक्ने अवगत गराइएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.