आमा हुनु साह्रै असजिलो छ...म्यानहटनमा नेपथ्य

आमा हुनु साह्रै असजिलो छ...म्यानहटनमा नेपथ्य

न्युयोर्कः घडीको संकेत जस्तै नेपथ्य ४, ३, २, १ गर्दै ० मा टक्क अडियो । भुइँबाट स्टेजभरि छरिएको निलो बत्तीले गितारको आवाजसँगै अमेरिकाको म्यानहटनमा उसले नृत्य सुरु गर्याे । गितारको ध्वनि तीव्र हुँदै गएपछि थप वाद्यवादन पनि गुञ्जन थाले । त्यति नै बेला भित्तामा थुप्रै आमाका तस्बिरहरू एकपछि अर्को गरी देखिन थाले ।

‘सन्तानहरू कहाँ पुग्छन् खोलाहरू जस्तो
आमा हुनु साह्रै असजिलो छ...'


कवि तीर्थ श्रेष्ठद्वारा पहाडको बिम्बमा उभ्याइएको आमालाई नेपथ्यले संसार डुलेर नेपाली छोराछोरीलाई सुनाउँदै छ । यो क्षण म्यानहटनमा उपस्थित दर्शक स्तब्ध भएका थिए । त्यसपछि श्रोताका लागि सदाबहारजस्तै गीत भेडाको ऊनजस्ता, छेक्यो छेक्यो, लामपाते सुरती, चरी मर्‍यो गीत प्रस्तुत गरिएका थिए ।

जोमसोम बजारमा गाएर सुनाउनेबित्तिकै ब्यान्डका अगुवा एवं मुख्य गायक अमृतले माहोललाई एकैछिन शान्त बनाएका थिए । शान्त माहोलमा उनले सोधे, ‘तपाईंहरू जोमसोम जानुभएको छ ? ' उनले १२ बजेको हावाले के अर्थ दिन्छ भनेर सम्झाए । अमृतले नेपालका डाँडाकाँडा घुम्दाका अनुभवहरू बाँडे । भ्रमणमा जन्मिएको अर्को गीत सालैजोबाट कार्यक्रमलाई अघि बढाएका थिए । लेकको कुहिरो, औलै झर्‍यो' भन्दै उनले यस गीतको मर्म बुझाए ।

कार्यक्रममा नेपथ्यको आगामी एल्बममा समेटिएका बहुचर्चित गीतहरू ‘रामा रामा' र ‘कोसीको पानी यो जिन्दगानी' प्रस्तुत गर्दा दर्शकदीर्घा जुरुक्क भएको थियो । अमृतले भने, ‘म जहिल्यै आफूलाई सबैभन्दा पहिले गर्वका साथ नेपाली भनेर चिनाउने गर्छु, त्यसपछि मात्र गुरुङ हुन्छु ।'

पत्रकार एवं समाजसेवी रवीन्द्र मि श्रले आफ्नो त्यही भावनासँग मिल्दोजुल्दो गरी एउटा गीत बनाएर पठाएकोमा असाध्यै खुसी लागेको जानकारी पनि अमृतले न्युयोर्कका दर्शकलाई बताए । रेशम र तालको पानीले फेरि माहोल तताएको थियो ।

‘मनमा जननी र जन्मभूमिप्रतिको यो प्रेमलाई कहिल्यै कम हुन नदिनु होला', उनले आह्वान गरे, ‘हामीले स्वतन्त्रता र लोकतन्त्रका निम्ति लामो लडाइँ लड्यौं । दुर्भाग्यवश हामी अहिले पनि भयतन्त्रबाट घेरिएका छौं । भयतन्त्रबाट मुक्त हुने प्रयासमा लागिरहँदा हाम्रो समाजमा उच्च नैतिक मनोबल भएका केही व्यक्ति पाउनु सौभाग्य बनेको छ ।'

उनले कवि गोपालप्रसाद रिमालको रचना र अम्बर गुरुङको संगीतमा तयार भएको ‘रातो र चन्द्र सूर्य' गुञ्जँदै गर्दा न्युयोर्कका नेपालीको उत्तेजना चरममा पुगेको थियो । कार्यक्रम सकिएपछि पनि दर्शक जानै मानेनन् । एकोहोरो ‘वन्स मोर'को आवाज हलमा गुञ्जिरह्यो । कलाकारहरू फेरि एकपटक मञ्चमा आउन बाध्य भए । न्युयोर्कका दर्शकको चर्को अनुरोधमा साढे दुई घन्टासम्म कलाकारले वि श्राम पाएनन् ।

दर्शकदीर्घामा न्युयोर्कभन्दा निकै पर बोस्टन र वासिंगटन डीसीदेखि आएका अनुहार पनि उपस्थित थिए । संयुक्त राष्ट्रसंघको महासभामा टोलीको नेतृत्व गर्दै भाग लिन आएका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र अमेरिकास्थित नेपालका राजदूत अर्जुन कार्कीसमेत कार्यक्रममा उपस्थित थिए । अक्टोबर १ तारिखका दिन अमेरिकाको पश्चिमी कुनामा रहेको सहर सानफ्रान्सिस्कोमा नेपाली लोक रक सुनाउन ब्यान्ड अब त्यसतर्फ गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.