पुर्व राष्ट्रिय खेलाडी सम्मानित 

पुर्व राष्ट्रिय  खेलाडी सम्मानित 

काठमाडौः नेपाली खेलकुदका पहिलो पुस्ताका राष्ट्रिय खेलाडी सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार संयुक्त रूपमा नेपाली खेलकुदमा लामो समय खर्चिएका पूर्वराष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको हो । विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा ७० वर्ष उमेर नाघेका खेलाडीहरू सम्मानित भएका हुन् ।

सम्मानित हुने पूर्वराष्ट्रिय खेलाडीमा आरबी सिंह, मधुकरशमशेर राणा, कुमार मोहनबहादुर शाही, कोमल राणा, जयकुमारनाथ शाह, रीता मुखर्जी, बानु राणा, नृपेन्द्रसिंह केसी, परासिया कला, हिमालयशमशेर राणा रहेका छन् ।

यस्तै सम्मानित हुने अन्य खेलाडीमा विनोदशमशेर राणा, द्वारिकारामभगत माथेमा, शंकर केसी, ललितविक्रम शाह, जी शाही, शशि सुवेदी, नुवानविक्रम सिंह, डा. सिंहबहादुर बस्नेत, रूपालशमशेर जबरा, विश्व थापा, भीम थापा, विनयराज पाण्डे, सागरशमशेर राणा, नीमा लामा, हेमा लामा, अंकुरसिंह राणा रहेका छन् ।

वासुदेव प्रधान, दामोदरनारायण सुवाल, विजेन्द्रलाल श्रेष्ठ, यज्ञलाल श्रेष्ठ, रमेश खनाल, त्रिरत्न मानन्धर, प्रयागराजसिंह सुवाल, माणिकचरण श्रेष्ठ, सुरेशसिंह आले, रामशंकरलाल श्रेष्ठ, रविप्रसाद गुरुङ, कान्छालाल दर्शनधारी, रुवालशमशेर जबरा, सुरबहादुर श्रेष्ठ, कृष्णबहादुर खत्री, श्याम चित्रकार, ज्ञानबहादुर धाख्वा, समरबहादुर महत, कृष्णप्रसाद खड्गी, अजितनारायण थापा, प्रभु श्रेष्ठ, कल्याण श्रेष्ठ र गिजेन्द्रमान सिंहसहित ५० जना पूर्वराष्ट्रिय खेलाडी सम्मानित भएका छन् ।

खेलाडीहरूलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारी, मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

सम्मानित खेलाडीहरूलाई मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् । सम्मान कार्यक्रमपछि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका खेलाडीहरूको राष्ट्रपति भण्डारीले प्रशंसासमेत गरेकी थिइन् ।

‘तपाईंहरूले देशको नाम, सान र झन्डालाई विश्वमाझ परिचित गराउनु भयो', राष्ट्रपति भण्डारीले भनिन्, ‘तपार्इंहरूको उपस्थिति र अनुभवले नयाँ पिँढीका खेलाडीको पनि हौसला बढ्नेछ । सम्मानित हुनु भएकोमा सबैलाई बधाई दिन चाहन्छु ।' सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालले आगामी सन् २०२२ मा जापानमा हुने टोकियो ओलम्पिक खेलकुदको तयारीमा अहिलेबाटै जुट्नुपर्ने समेत बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.