चोरको पत्रः आमाको उपचार गर्न पैसा चोरेको हुँ...

चोरको पत्रः आमाको उपचार गर्न पैसा चोरेको हुँ...

विराटनगरः मोरङको इटहरा ७ मा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा राखिएको एक लाख २० हजार रुपैयाँ मंगलबार राति आश्चर्यजनक रुपमा चोरी भयो ।

चोर पनि अचम्मकै रहेछ । चोरले पत्र लेखेरै पैसा चोरी गरेको भेटिएको छ । स्कुलका नाममा चोरले लेखेको पत्र प्रहरीले फेला पारेको छ । पत्रमा भनिएको छ, ‘सरी सर, मेरी आमा लामो समयदेखि बिरामी भएकाले मैले पैसा चोरी गर्नु परेको हो । कसले चारेको हो भनेर खोजी नगर्नु होला ।’

चोरले त्यत्ति मात्र भनेको छैन । आमाको उपचारमा पैसा खर्च भएपछि पुनः दुईवर्षपछि पैसा फिर्ता गर्ने समेत पत्रमा उल्लेख गरेको छ । पत्रमा थप लेखिएको छ, ‘यो पैसा दुई वर्षपछि फिर्ता गरिदिन्छु ।’


यसरी पत्र लेखेर छोडे पनि चोरले चोरीमा संलग्न प्रमाण खुल्ने कुनै विवरण पत्रमा उल्लेख गरेको छैन । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक हेमकुमार खड्का अनुसार उक्त पत्र विद्यालय भित्र राखिएको किताबको गातामा भेटिएको हो । खड्काले भने, ‘पत्रमा चोरी गर्नेको नाम ठेगाना वा अन्य कुनै पनि विवरण खुलाइएको छैन ।’

प्रहरीले अक्षरका आधारमा घटनामा संलग्नको खोजी थालिएको बताएको छ । ‘कसरी घटना भयो भनेर प्रहरीले अनुसन्धान गर्दै घटनामा संलग्नको खोजी थालेको छ,’ उनले भने, ‘सबै कोणबाट अनुसन्धान सुरुभए पनि वास्तविकतासम्म पुग्न केही दिन लाग्छ ।’


विद्यालयबाट एक लाख २० रुपैयाँ चोरी भएको प्रधानाध्यापक गोपाल गुरागाईले जानकारी दिए । उनका अनुसार विद्यालयको लेखा शाखामा रहेको दराज फोडेर रकम चोरी गरिएको छ । गुरागाईले विद्यालयको प्रशासनिक खर्च र कर्मचारीको तलब भत्ताका लागि भनेर राखिएको चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.