लोकमानको १० वर्ष पुरानो फाइल सामान्यले सर्वोच्चमा पठायो
काठमाडौं: सामान्य प्रशासन मन्त्रालयले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बिषयमा दश बर्ष अघि गरेको निर्णय फाइल सर्वोच्चमा पठाएको छ । कार्कीविरुद्ध अधिवक्ता ओमप्रकास अर्यालद्वारा दायर पुनरावलोकन निवेदनमा सर्वोच्चको आदेश अनुरुप सुनुवाई प्रयोजनका लागि सामान्यले निर्णय फाइल पठाएको हो ।
यसअघि सामान्यले दश बर्ष पुरानो अभिलेख रहेका कारण फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको भन्दै सर्वोच्चलाई जवाफ पठाएको थियो । लोक सेवा आयोगमार्फत ‘अति गोप्य’ लेखिएको सामान्यको निर्णय फाइल सर्वोच्चमा पेश भएको छ ।
सर्वोच्चले २०६३ को जनआन्दोलनपछि तत्कालीन मुख्य सचिव रहेका कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको पत्र र खिलराज रेग्मी अध्यक्ष रहेको सरकारले अख्तियारको प्रमुख आयुक्त नियुक्तीका लागि गरेको सिफारिस निर्णयको सक्कल फायल झिकाउन आादेश दिएको हो ।
त्यतिबेला मुख्य सचिव रहेका कार्कीलाई सामान्यबाट २०६३ चैत ११ गते स्पष्टीकरण सोधिएको थियो । प्रधानमन्त्री कार्यालयबाट परिषदको निर्णय फाइल यसअघि नै सर्वोच्चमा प्राप्त भइसकेको छ ।