एमाले सचिव योगेश भट्टराई पनि ट्राफिकसँग डराउछन्

एमाले सचिव योगेश भट्टराई पनि ट्राफिकसँग डराउछन्

काठमाडौँ: तपाईंलाई ट्राफिकसँग कत्तिको डर लाग्छ ? अवश्य लाग्छ होला । शक्ति प्रयोग गरेर ट्राफिक नियम पालना नगर्ने पनि थुप्रै छन् । तर, एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई भने ट्राफिकसँग खुब डराउछन् ।

भट्टराईले बिहीबार आफू ट्राफिकसँग डराउनेगरेको खुलासा गरेका छन् । भट्टराई भन्छन्, 'म तीन पटक ट्रफिकको फन्दामा परेको छु । तिनै पटक लेन अनुशासनमा । दुई पटक सिंहदरबार अगाडि र एकपटक ठमेलमा ।'

ट्राफिकको फन्दामा परेपछि भट्टराई स्वयम्ले बग्गीखानामा गएर ट्राफिकको कक्षमा सहभागी हुँदै लाइसेन्स लिएको समेत बताएका छन् ।

'के अनुशासन चाहिँ साना र कमजोरका लागिमात्र हो र ? रात दिन धुवामा, धुलोमा, झरिमा जीवननै जोखिममा राखेर, खाई, नखाई डियुटिमा रहेका ट्रफिकको अवस्था । यो सबै देशलाई बनाउनलाई नैत उनिहरुले गरिरहेका छन्' । अनि गँए बग्गिखाना,' भट्टराई थप लेख्छन्, 'ट्रफिक नियमका बारेमा क्लास लिएँ । फाइन तिरे र लाइसेन्स लिएर आएँ । म जस्तै ले मलाई घरि घरि हेर्थे । तर मैले लजाएको व्यवहार देखाइन ।'

भट्टराईले सबैले ट्राफिक नियम पालना गरौँ भन्दै बिहीबार बिहान फेसबुकबाट सार्वजनिक गरेको सन्देश जस्ताको तस्तैः

म ट्रफिकसँग डराउँछु

म ड्राइभर हुँ । हरेक दिन गाडीको ड्राइभिङ सिटमा बसेर स्टेरिङ्ग घुमाउदै, क्लज, एक्सिलेटर र ब्रेकका बिचमा सन्न्तुलन गर्दै, एकसाथ अगाडि हेर्दै र दाँया, बाँयाको ज् नाबाट पछाडि पनि हेर्दै दौडिरहेको हुन्छु ।

जिन्दगीमा मानिसलार्इ जहिल्यै समयको अभाव भएर होला सबै हतारमै देखिन्छन । तर कहिलेकाही लाग्छ मनिसको यो बेतुकको कुरा हो । घन्टौ फोकटमा गफ गरेर बिताउदा चै त्यो चेत कहाँ खुस्किन्छ ? त्यसमा म अपबाद होइन । तर सडकमा देखिन्छ उछिना पाछिन । त्यसैको कारण बेसमय कति मानिसहरुले माथिको टिकट काटिरहेका छन् ।

विदेश तिर जाँदा त्यहाँ रहेका साथीहरु र विदेशी मित्रहरुले भन्ने गर्छन् नेपाल नबनेकै सिस्टम नभएर, सिस्टममा नबसेर र अनुशासन पालना नगरेर हो भन्छन् । एकहदसम्म सहि नै हो । अमेरिकाको सडकमा होस व कतारको त्यहाँ ड्राइभिङ गर्ने साथीहरु पुलिस र सिसिटिभी क्यामरासँग छुलछुल भएको धेरै पटक देखेको छु । नेपालमा तिनै साथीहरु अनुशासनमा नबस्ने तर अरुका देशमा भने आँफै सतर्क हुने । कारण के होला ? यसको छलफल गर्दै गरौला ।

म तीन पटक ट्रफिकको फन्दामा परेको छु । तिनै पटक लेन अनुशासनमा । दुई पटक सिंहदरबार अगाडि र एकपटक ठमेलमा । लाइसेन्स जफत भैहाल्यो ।

बग्गिखानामा लाइसेन्स लिन एकजना साथीलाई पठाएको ट्रफिकले भनेछन दिन मिल्दैन । सम्बन्धित ब्यक्ति नै आउनु पर्छ अनि क्लास लिनुपर्छ, फाइन तिरेर लाइसेन्स लान पाईन्छ, ट्रफिकको भनाइ ।

धेरै पटक सोचे त्यसरी जाउ कि नजाउ ? त्यहाँ आउने अरुले मलाई के भन्दा हुन ? नकारत्मक समाचार पो बनिने हो कि ? यस्तै यस्तै प्रश्नका कारण धेरै दिन लाइसेन्स लिनै गइन ।

अनि फेरि सोचे अनुशासन चै के साना र कमजोरका लागिमात्र हो र ? रात दिन धुवामा, धुलोमा, झरिमा, जिवननै जोखिममा राखेर, खाई, नखाई डियुटिमा रहेका ट्रफिकको अवस्था । यो सबै देशलाई बनाउनलाई उनीहरुले गरिरहेका छन । अनि गँए बग्गिखाना ।

ट्रफिक नियमका बारेमा क्लास लिए । फाइन तिरे र लाइसेन्स लिएर आएँ । म जस्तै ले मलाई घरि घरि हेर्थे । तर मैले लजाएको व्यवहार देखाइन । अनि उनिहरुलाई पनि सहज भयो होला ? ट्रफिकका अफिसरहरु पनि खुशी भए । गल्ती ट्रफिकको होइन मेरै थियो । यसले सडकमा अनुशासित हुन मलाई सिकायो । मान्छे कसै न कसैसँग त डराउनु पर्छ । ट्रफिकसँग डराउनुहोस् केहि बिग्रिदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.