बजार ओगट्दै नेपाली वाइन

बजार ओगट्दै नेपाली वाइन

बढ्दो उत्पादन र गुणस्तरीयताका कारण नेपाली वाइनले पछिल्लो समयमा बजार लिन थालिसकेका छन् । अहिले नेपालमा करिब २० वटा वाइन उत्पादन कम्पनी छन् भने बियर उत्पादन गर्ने कम्पनीको संख्या पनि त्यत्तिकै छन् । पछिल्लो केही वर्षमा नेपाली वाइनले बजारको झन्डै ५० प्रतिशत ओगटिसकेको छ ।

मकालु वाइन इन्डस्ट्रिज प्रालिका काठमाडौंका लागि प्रोपाइटर रामबहादुर थापाका अनुसार अहिले एउटा कम्पनीले वार्षिक न्यूनतम ३० हजार काटुर्न बियर उत्पादन गर्दै आएको छ । वाइनको वार्षिक सय करोडभन्दा बढी कारोबार हुने गरेको रोयल काठमान्डु हिमालय वेभरज प्रालिका बिजनेस डेभलमेन्ट म्यानेजर मिलन शर्मा बताउँछन् । उनका अनुसार वार्षिक रूपमा अहिले २५ देखि ३० प्रतिशतले वाइनको व्यापार बढिरहेको छ ।

नेपालमा उत्पादन भएका वाइन फ्रेस हुनुका साथै ग्राहकमाझ सहज पहुँचमा रहेको छ । साना स्टोरमा ठूला ब्रान्डका वाइन तथा बियर नपाउने भएकाले पनि नेपाली वाइनलाई बजार लिन सहज भएको हो । अन्तर्राष्ट्रिय ब्रान्डका तुलनामा नेपाली ब्रान्डको मूल्य आधा रहेकाले पनि यस्तो भएको चिन्जुरे वाइन इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठ बताउँछन् । उनका अनुसार नेपाली उत्पादन गुणस्तरमा पनि उत्कृष्ट भएकाले बजार उकास्न मद्दत गरेको छ । उपभोक्तामाझ नेपाली ब्रान्ड लोकप्रिय रहे पनि सरकारका तर्फबाट भने उद्योगलाई खासै सहयोग हुन नसकेको व्यापारी बताउँछन् ।

नेपाली ब्रान्डलाई पनि अन्तर्राष्ट्रिय उत्पादनसरह हेरिदिँदा यो व्यवसाय उकास्न सरकारले अवरुद्ध गरेको श्री महाकाली वाइन प्रालिका प्रबन्ध निर्देशक सन्तोष खड्का बताउँछन् । नेपाली ब्रान्डका उत्पादन अहिले विदेशी बजारमा समेत पुगिसकेका छन् । नेपाली वाइन उत्पादनमा सक्रिय उद्यमीहरू नेपाली वाइन विदेशी ब्रान्डका तुलनामा लोकप्रिय र गुणस्तरीय रहे पनि सरकारले भने बेवास्ता गरेको बताउँछन् । प्रस्तुत छ वाइन उद्यमीहरूसँग गरिएको कुराकानीः

वाइनको बढ्दो बजार

हरेक वर्ष २५ देखि ३० प्रतिशत हाराहारीमा वाइनको व्यापार बढिरहेको छ । नेपालमा वार्षिक सय करोडभन्दा बढीको वाइन व्यापार हुन्छ । नेपालमा अन्तराष्ट्रिय ब्रान्डका वाइन पनि लोकप्रिय छन् । अन्तर्राष्ट्रिय ब्रान्डको व्यापार घटेको छैन । नेपाली ब्रान्ड सर्भिस, मूल्य, गुणस्तर र फ्रसेनेसले गर्दा पनि सफल बन्दै गएको हो ।

अन्तर्राष्ट्रिय ब्रान्डको उत्पादन जहाँ सस्तो पाइन्छ त्यहाँबाट आउने गरेको छ । जुन गुणस्तरहीन पनि हुन सक्छ । नेपालमा नेपाली ब्रान्डका वाइनले झन्डै ५० प्रतिशत बजार ओगटिसकेको छ । रोयल काठमान्डु हिमालय वेभरेज प्रालिले अंगुरबाट वाइन उत्पादन गर्दै आएको छ । कम्पनीले उत्कृष्ट म्याचुरेसन प्रणालीमार्फत वाइन उत्पादन गर्छ ।

मिलन शर्मा/बिजनेस डेभलेमेन्ट म्यानेजर, रोयल काठमान्डु हिमालय वेभरज प्रालि

मूल्यले पाएको बजार

नेपाली वाइनले पछिल्लो समय पाएको बजारको प्रमुख कारण मूल्य हो । नेपाली वाइन विदेशी ब्रान्डको तुलनामा सस्तो छ । यस्तै वाइन गुणस्तरीय पनि छन् । चिन्जुरे वाइन इन्ड्रस्ट्रिज प्रालिले डिसेन्ट यार्सा वाइनको नाममा यार्साबाट वाइन निर्माण गरी चाइना तथा हङकङको बजारमा बिक्री गरिरहेको छ । यो विश्व बजारमै यार्साबाट बनेको पहिलो वाइन हो ।

स्विटनेसका लागि स्टेभियाको प्रयोग गरिएको यो वाइन सुगर छ । कम्पनीले यार्साका साथै मह, अंगुर र नास्पातीबाट पनि वाइन निर्माण गरिरहेको छ । चेसुङ वाइनको निर्माण गर्ने कम्पनीका रूपमा नेपाली बजारमा चिनिएको कम्पनीले चेसुङ रेड वाइन उत्पादनका लागि अंगुर र नास्पातीको प्रयोग गरिरहेको छ । वाइनलाई स्वस्थ्यवद्र्धक बनाउन यसमा विभिन्न जडिबुटीको पनि प्रयोग गरिएको छ ।

प्रकाश श्रेष्ठ/प्रबन्ध निर्देशक, चिन्जुरे वाइन इन्डस्ट्रिज प्रालि

गुणस्तरमा विदेशी ब्रान्डसँग प्रतिस्पर्धा

गुणस्तरीय उत्पादनले गर्दा नेपाली वाइनले बजारमा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेका छन् । बजारमा पाइने विदेशी ब्रान्डका बियरमा धेरैजसो उत्पादन सस्ता हुन्छन् । तर नेपाली ब्रान्डले प्रतिस्पर्धामा जानकै लागि भने पनि उत्पादनलाई गुणस्तरीय बनाउनुपर्छ ।

मकालु वाइन इन्डस्ट्रिज प्रालिले पनि गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखेर वाइन उत्पादन गर्दै आएको छ । कम्पनीले ऐंसेलुको वाइन निर्माण गर्दै आएको छ । यो हिन्वा वाइनको नामले परिचित छ । जंगलमा पाइने ऐंसेलु संकलन गरेर वाइन उत्पादन गरेको कम्पनीले विदेशमा समेत निर्यात गर्न थालेको छ ।

आश्रय रन्जितकार / निर्देशक, मकालु वाइन इन्डस्ट्रिज प्रालि

सरकारको साथबिनाको उद्योग

सरकारले नेपाली वाइन उद्योगलाई अनुदान नदिँदा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या परिरहेको छ । अहिले नेपाली वाइनले नेपालको ५० प्रतिशत बजार ओगटिरहे पनि अन्तर्राष्ट्रिय ब्रान्डको प्रभुत्व बाँकी छ । सरकारले विदेशी ब्रान्डका वाइन तीन सय ५० एमएलमा पनि भित्र्याउन दिएको छ । तर नेपालीलाई सात सय ५० एमएल भन्दामाथि मात्र उत्पादन गर्नुपर्ने बाध्यकारी नियम छ ।

जुन नेपाली ब्रान्डका लागि ठूलो समस्या हो । अहिले हामीले बजारमा मूल्य सस्तो भएकाले प्रतिस्पर्धा गरिरहेका छौं । विदेशमा एक पाउन्डमा बनेको वाइन नेपालमा आउँदा महँगो भएको छ । स्नो म्यान वाइनरी प्रालिले सुन्तला, स्याउ, अंगुरबाट उत्पादन गरिरहेको वाइन स्वाद र गुणस्तरीयमा विदेशी ब्रान्डभन्दा उत्कृष्ट छ ।

ज्ञानु प्रसाई/निर्देशक, स्नो म्यान वाइनरी प्रालि


गुणस्तरीय उत्पादन भए बजार पाइन्छ

बजार प्रतिस्पर्धात्मक भए पनि गुणस्तरीय उत्पादनलाई भने खासै समस्या छैन । बजारमा अन्तर्राष्ट्रिय ब्रान्ड धेरै छन् । तर नेपाली उत्पादन गुणस्तरीय भएकाले ग्राहकले रुचाएका छन् । पछिल्लो समय जुन रूपले वाइनको बजार बढिरहेको छ, त्यसले कम्पनीलाई टिक्न मद्दत पुर्‌याएको छ । तर सरकाले अन्तःशुल्क नघटाउँदा नेपाली कम्पनी मर्कामा परेका छने ।

श्री महाकाली वाइन प्रालिले पनि गुणस्तरयुक्त वाइन बजारमा ल्याएको छ । डिभाइन वाइनका रूपमा बजारमा कम्पनीले ल्याएको वाइनले नेपाली बजारको ठूलो भाग ओगटेको छ । अंगुरबाट बनेको वाइनमा जडिबुटीको पनि धेरै प्रयोग गरिएको छ ।

सन्तोष खड्का/प्रबन्ध निर्देशक, श्री महाकाली वाइन प्रालि


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.