भूकम्पमा भत्केको विद्यालयको पुनर्निर्माण

भूकम्पमा भत्केको विद्यालयको पुनर्निर्माण

गोरखा: भूकम्पले ध्वस्त घैरुङ-१ ज्यामिरस्वाँराको गणेश प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरिएको छ। अरुण चौधरी फाउन्डेसनलगायत नौवटा सामाजिक संघसंस्थाको सहयोगमा नवनिर्मित आठकोठे भवनको बुधबार उद्घाटन गरिएको छ।

फाउन्डेसनका अध्यक्ष तथा सिजी ग्रुपका निर्देशक अरुण चौधरीले भवन बुधबार नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर थापा र प्रधानाध्यापक गुनबहादुर थापालाई हस्तान्तरण गरे। ३५ लाख रुपैयाँ लागतमा गत पुसदेखि भवन निर्माण सुरु गरिएको विद्यालयले जनाएको छ। भवनसँगै खेलमैदान, तारबार, प्रवेशद्वार र फर्निचरसमेत निर्माण गरेको प्रअ थापाले जानकारी दिए।

विद्यालय पुनर्निर्माणका लागि अरुण चौधरी फाउन्डेसन, सहारा क्लब यूके, सहारा क्लब पोखरा, अल्डरसट फुटबल क्लब यूके, चेल्सी फुटबल क्लब यूके, बन्डइन रोटरी क्लब, सिराज होम्स, लिन्डोन हाउस युके र ओकिङ एसिया हाउसले सहयोग गरेका थिए।

भवन हस्तान्तरण गर्दै चौधरीले यस क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।सहयोगदातालाई स्थानीय अभिभावकले लोकसंस्कृति प्रस्तुत गरी स्वागत गरेका थिए ।

यसैबीच सहारा यूकेले पनि सिन्धुपाल्चोकको हैबुङ-७ स्थित महादेवस्थानमा माध्यामिक विद्यालयको भवन बनाइदिने भएको छ। भूकम्पले क्षतिग्रस्त विद्यालयलार्इ सहारा युकेले २१ लाख लागतमा ६ कोठे पक्की भवन बनाइदिनेछ। भवनको मंगलबार सहारा युकेका अध्यक्ष दिलीपकुमार गुरुङ  र सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र अाचार्यले शिलान्यास गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.