पुरानो बानेश्वरमा भायनेटको सेवा केन्द्र
काठमाडौः भायनेट कम्युनिकेसन्सले पुरानो बानेश्वरमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त केन्द्रमा ग्राहकले बिल भुक्तानी, बेसिक सपोर्ट र नयाँ प्याकेजसम्बन्धी सोधपुछलगायतका कार्य गर्न सक्नेछन् ।
यो सँगै अब काठमाडौं उपत्यकाभित्र भायनेटका आठ आउटलेट पुगेका छन् । कम्पनीले आगामी दिनमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख क्षेत्रमा थप आउटलेट पनि सञ्चालनमा ल्याउने जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका सबै क्षेत्रमा भायनेटको फाइबर कभरेज छ । कम्पनीले ग्राहकलाई एन्ड टु एन्ड फाइबर अप्टिक्स इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अहिले होम युजरलाई पाँच एमबीपीएस, १० एमबीपीएस र १५ एबीपीएस गरी तीन फरक प्रडक्ट प्रदान गरिरहेको छ ।