इजरायलका पूर्वराष्ट्रपति पेरेजको निधन

इजरायलका पूर्वराष्ट्रपति पेरेजको निधन

जेरुसेलमः नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री सिमोन पेरेजको बुधबार निधन भएको छ ।

दुई सातादेखि सिकिस्त विरामी पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार बिहान ०३ बजे निधन भएको पेरेजका छोरीज्वाइँ रफी वालडेनले जानकारी दिए ।
पेरेज १३ सेप्टेम्बरमा तेल अभिभ नजिकै रहेको अस्पतालमा भर्ना भएका थिए ।

अत्यधिक रक्तस्राव भएर स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पेरेज दुईपटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए । जीवनको उत्तरार्धसम्म पनि उनी सक्रिय राजनीतिज्ञका रूपमा क्रियाशील थिए ।

प्यालेस्टिनीसँग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । इजरायल र प्यालेस्टाइनबीच भएको ओस्लो सन्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । इजरायलका तत्कालीन प्रधानमन्त्री यित्ज्याक रोबिन, प्यालेस्टाइनी नेता यासेर अराफातसँगै उनले संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

उनको निधनप्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैंभरी प्रयत्न गरिरहने व्यक्तिका रूपमा उनलाई स्मरण गरेका छन् ।

उनी पेरेजको अन्त्येष्टि कार्यक्रममा सहभागी हुनु शुक्रबार इजरायल जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुःखित बनाएको बताएका छन् ।

‘विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जसले विश्वलाई नै परिवर्तनको वाहक बनेर मानव इतिहासमा ठूलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका स्रोत पनि हुनुहुन्छ’, ओवामाले वक्तव्यमा भनेका छन् ।

अमेरिकाकै पूर्वराष्ट्रपति बिल क्लिन्टनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियन्ताको रूपमा सम्झना गरेका छन् । इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरेका छन् भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतीक भएकाले पेरेजलाई कहिल्यै भुल्न नसक्ने बताएका छन् ।

पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रूपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.