गोर्खाल्यान्ड माग गर्दै बन्द

गोर्खाल्यान्ड माग गर्दै बन्द

दार्जीलिङः पश्चिम बंगाल सरकारले दमनको नीति अघि सारेको भन्दै गोरखा जनमुक्ति मोर्चाले बुधबार आह्वान गरेको बन्दले दार्जीलिङ सुनसान बनेको छ । स्वाभिमानी, जातिप्रेमी पहाडवासीको सहासिक योगदानका कारण बन्द सफल भएको मोर्चाले जनाएको छ ।

पश्चिम बंगाल सरकारले बन्द असफल पार्न दबाव दिए पनि सरकारी कर्मचारी र व्यवसायीको सहयोगका कारण बन्द सफल भएको मोर्चाका अध्यक्ष विमल गुरुङले बताए ।

बंगाल सरकारको चेतावनी झेलेर पनि आफ्नो जाति अनि पहाडको स्वाभिमानको खातिर बुधबार होटेल व्यवसायी, व्यापारी वर्ग अनि वाहन सेवासित सम्बन्धित कर्मचारीहरूले बन्दको समर्थन गरेपछि सफल भएको अध्यक्ष गुरुङले बताए ।

गुरुङका अनुसार व्यावसायिक लाइसेन्स क्यान्सिल गर्ने, रोडपर्मिट क्यान्सिल गर्ने जस्ता तानाशाहीपूर्ण चेतावनी बंगाल सरकारले जारी गरे पनि गोर्खाहरूले बंगालको तानाशाही नीति अनि अतिक्रमणको उचित जवाफ दिएका छन् ।

उनले बन्दको सफलताले पहाडवासीका तर्फबाट गोर्खाल्यान्डको माग र गोरखालीको एकतालाई हजार षड्यन्त्रपूर्ण प्रयत्नहरूले तोड्न नसकिने बंगाल सरकार अनि मुख्यमन्त्री ममता बनर्जीलाई बन्दले जवाफ दिएको टिप्पणी गरे । अध्यक्ष गुरुङले गोर्खा ल्यान्डभन्दा तल्लो स्तरको सहमति नमान्ने बताएका छन् । तस्बिर ः बन्द दार्जीलिङ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.