भारतीय गायिका लता मंगेशकरको सम्झनामा नेपाली गीत

भारतीय गायिका लता मंगेशकरको सम्झनामा नेपाली गीत

भारतीय गायिका लता मंगेशकरले ८७ औं जन्मदिन मनाएकी छन् । आफूले गरेका काममा ठीकैमात्र सन्तुष्टि पाएकी उनले अझैसम्म पनि ‘वाह कस्तो गीत गाएँ’ भनेर महसुस गरेकी छैनन् । उनलाई अहिलेसम्मको भन्दा अझै राम्रो गर्नसक्ने क्षमता आफूमा रहेको विश्वास छ। गीत गाउँदा आफूले गरेको कमीकमजोरी आफैंलाई मात्र राम्रोसँग थाहा हुने हुँदा कलाकार कहिल्यै पूर्ण सन्तुष्ट हुँदैनन् । लतालाई पनि यस्तै लाग्छ ।

कुनै गीतमा पूर्ण रूपमा सन्तुष्ट हुन नसके पनि उनलाई गाह्रो लागेका केही गीत छन् । तीमध्ये नेपाली चलचित्र ‘माइतीघर’को ‘जुन माटो न मेरो’ बोलको गीत उनलाई सबैभन्दा गाह्रो लागेको थियो । यसै पनि जयदेवको संगीत संयोजन सजिलो छैन । लताको हातमा गीत सुम्पिएपछि जयदेव ढुक्क हुने गरेका थिए । त्यसपछि कामको तनाव लताको टाउकोमा आउने गथ्र्यो । तर, राजा महेन्द्रले लेखेको उक्त गीत गाउनु भने लताका लागि करिअरकै चुनौतीपूर्ण काम थियो ।

उनको स्वर ‘हाई रेन्ज’को छ भनेर संगीतकारहरू उनका लागि ‘हाई पिच’को संगीत बनाउँछन् । लतालाई चलचित्रको गीत गाउनुभन्दा शास्त्रीय गायन चुनौतीपूर्ण लाग्छ । उनको अनुभवमा चलचित्रको गीत गाउँदा स्क्रिनमा देखिने चरित्रलाई मात्र केन्द्रित गरेर गाइन्छ । तर, शास्त्रीय गाउँदा सुधार गर्नुपर्ने र प्रयास गर्नुपर्ने थुप्रै ठाउँ हुन्छन् । भारतीय संगीतमा एकछत्र राज गरेकी उनले आफूभन्दा राम्रो गाउनेहरूको नाममा के एल सैगल र नूर जेहानलाई समावेश गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.