भारतलाई पाकिस्तानले भन्योः आफ्नो भूमिको रक्षाका लागि हामी तयार छौँ

भारतलाई पाकिस्तानले भन्योः आफ्नो भूमिको रक्षाका लागि हामी तयार छौँ

एजेन्सीः भारतीय सैनिकले सीमा क्षेत्रमा आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले त्यसको कडा शब्दमा निन्दा गरेकाा छन् ।
अघिल्लो साता भारत प्रशासित कश्मीरस्थित उरीको सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले बिहीबार राती पाकिस्तानी सीमाक्षेत्रमा गोली चलाउदा दुई पाकिस्तानी सैनिक मारिएका छन् ।

पाकिस्तानी सेनाका अनुसार बिहीबार बिहानको राती २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको हो ।
रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शरीफले आक्रमणको घोर भत्सर्ना गर्दै भनेका छन्, ‘हाम्रो मनशाय शान्ति हो, त्यसलाई कमजोर नठानियोस् ।’

शरीफले भारतको आक्रमणलाई खुला अत्याचारको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘हामी भारतको खुला अत्याचारको कडा शब्दले निन्दा गर्छौँ ।’

उनले आक्रमणमा मारिएका सैनिकलाई श्रद्धाञ्जलि दिदैँ आफ्नो भूमिको रक्षाका लागि पाकिस्तान सदैव तयार रहेको समेत बताएका छन् । शरीफले भनेका छन्, ‘आफ्नो भूमिको रक्षाका लागि पाकिस्तानी सेना सदैव तयार छ ।’

पाकिस्तानी सैनिक अधिकारीले भने भारतले पाकिस्तानमा ‘सर्जिकल स्ट्राइक्स’ नगरेको बताएका छन् । पाकिस्तानले दोहोरो फायरिङ भएको भए पनि भारतले ‘सर्जिकल स्ट्राइक’को गलत प्रचार गरिएको दाबी पाकिस्तानी सैन्य अधिकारीको छ । 

दुई पाकिस्तानी सेना मारिएपछि भारतीय सञ्चार माध्ययमले यसलाई प्रमुख प्राथमिकता दिएका छन् । पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले दोहोरो गोली हानाहानमा दुई सैनिक मारिएको पुष्टि गरिसकेका छन् ।

भारतीय नेताहरुले समेत ट्वीटर मार्फत् पाकिस्तानलाई चेतावनी दिएका छन् । नयाँ दिल्लीका मुख्यमन्त्री अरबीन्द केजरिवालले ट्वीट गर्दै पूरा देश भारतीय सेनाको साथमा रहेको उल्लेख गरेका छन् ।

 भारत माता की जय। पूरा देश भारतीय सेना के साथ है


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.