भूकम्पको केन्द्रविन्दु बारपाकको अबरुद्ध सडक खुल्यो

भूकम्पको केन्द्रविन्दु बारपाकको अबरुद्ध सडक खुल्यो

गोरखा: गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ।

बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन्। यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ।

सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी भएका छन् । दसैँको मुखमा सडक सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध हुँदा घरहरु पुनःनिर्माणको काम हुन सकेको छैन। निर्माण सामग्री ढुवानीको कठिनाइले पुनःनिर्माणको कामले गति नलिएको स्थानीयवासी तेजबहादुर घलेको भनाइ छ। बारपाक भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ हो।

जिल्लास्थित एघारकिलो बारपाक सडक कार्यालयले बारपाक सडक मर्मत गरी खुलाएको हो। बारपाकदेखि लाप्राक हुँदै गुम्दासम्मको सडक मर्मतको प्रक्रिया अघि बढेको छ। सडक सञ्चालन भएको भन्दै भूकम्पपीडितले घर पुनःनिर्माणलाई तीव्रता दिने बताएका छन्। यस्तै जिल्लाका ३२ वटा ग्रामीण सडक मर्मतको काम सुरु भएको छ।

दसैँअघि सबै ग्रामीण सडकमा यात्रुबाहक बस चल्न सक्ने बनाउने स्थानीय विकास अधिकारी नारायण आचार्यले बताए। भच्चेक, पालुङ्टार, आरुघाटलगायत मुख्य व्यापारिक केन्द्र जोड्ने सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ। सडक मर्मतका लागि जिविसले आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ।

सडक कार्यालय र जिविसले ग्रामीण सडक मर्मतमा तीव्रता दिएका हुन्। गोरखादेखि बारपाक, भच्चेक, आरुघाटजस्ता सडक आगामी तीन वर्षभित्रमा कालोपत्रे भइसक्ने भन्दै सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले तीन वर्षमा १५० किमी सडक कालोपत्रे हुने बताए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.