पाकिस्तानी सेनाले भन्योः भारतले ‘सर्जिकल स्ट्राइक्स’ गरेको छैन
एजेन्सीः भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक्स’ गरेको भन्नु झुट भएको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानी सेनलाई उद्धृत गर्दै एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी)ले भनेको छ, ‘सीमा क्षेत्रमा कुनै ‘सर्जिकल स्ट्राइक्स’ भएको छैन, भारतीय सेनाले सीमा पारिबाट नै फायरिङ गरेका हुन् ।’
भारतीय सेनाले पारिबाट गरेको फायरिङको जवाफ दिएको उल्लेख गर्दै पाकिस्तानी सेनाले भारतीय सेनाले आतंकवादी अड्डामा हमला समेत नगरेको बताएको छ । भारतको यो दाबी दाबी समेत झुट छ ।
‘अतंकवादी अड्डामा हमला गर्यौँ भन्ने भारतीय दाबी विलकुल झुट छ,’ पाकिस्तानी सेनाले भनेको छ ।
दोहोरो फायरिङ भएको भए पनि भारतले ‘सर्जिकल स्ट्राइक’को गलत प्रचार गरिएको दाबी पाकिस्तानी सैन्य अधिकारीले गरेका हुन् ।
भारतीय सैनिकले ‘सर्जिकल स्ट्राइक्स’ गरेको भए पाकिस्तानी सेनाले कडा जवाफ दिइसक्ने पाकिस्तानी सैनिक अधिकारीको भनाइ छ ।
पाकिस्तानी सेनाले भनेको छ, ‘बिहीबार बिहान साढे दुई बजेदेखि आठबजेसम्म गोलाबारी भएको हो तर पाकिस्तानी क्षेत्रमा भारत प्रवेश गरेर ‘सर्जिकल स्ट्राइक्स’ गरेको भए पाकिस्तान चुप लागरे बस्दैनथ्यो, कडा जवाफ दिइसक्थ्यो ।’
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंह ‘सर्जिकल स्ट्राइक्स’ मा पाकिस्तानी आतंकवादी मारिएको दाबी गरेका थिए । त्यस लगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले आफ्नो भूमि रक्षाका लागि पाकिस्तानी सेना सदैव तयार रहेको जवाफ दिइसकेका छन् ।