गोरखामा जीप दुर्घटना, एकको मृत्यु
गोरखा: गोरखामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मनकामनाबाट गोरखातर्फ जाँदै गरेको बा ९ च ७५४९ नम्बरको जीप कच्ची सडकबाट करिब १० फिट तल पल्टिँदा बक्राङ–८, ठूलो दिप्लिङका मेघबहादुर गुरुङको मत्यु भएको भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
बिहीबार अपराह्न साढे चार बजे जीप ब्रेक फेल भएर बक्राङ–८ ठूलो दिप्लिङ भन्ने ठाउँमा दुर्घटना भएको थियो। दुर्घटनामा जीप चालक मेनबहादुर राना भने सकुशल रहेको डिएसपी थापाले बताए। प्रहरीका अनुसार जीपमा चालक राना र गुरुङ मात्र सवार थिए।
जीप पल्टिँदा गुरुङ च्यापिएका थिए। प्रहरी र स्थानीयको सहयोगमा उनलाई बाहिर निकाल्दा ज्यान गइसकेको थियो।