चरिकोट अस्पतालको इमर्जेन्सी सेवा पनि बन्द

चरिकोट अस्पतालको इमर्जेन्सी सेवा पनि बन्द

चरिकोट: दोलखाको चरिकोटमा सञ्चालनमा रहेको प्रस्तावित चरिकोट अस्पतालले इमर्जेन्सी सेवा समेत बन्द गरेको छ। अस्पतालका सबै सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन्।

करिब एक वर्षअघि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको सम्पूर्ण व्यवस्थापनको जिम्मा न्याय हेल्थ नामक एक गैरसरकारी संस्थाले लिएको थियो। जनतालाई सम्पूर्ण सेवा निशुल्क दिने भनेर सञ्चालनमा रहेको अस्पतालमा एक साता अघि साढे दुई वर्षीय बालकको मृत्यु भएको थियो। भीनपा–१० बस्ने नवराज रिजालका छोरा महादेव रिजालको मृत्यु भएपछि मृतका आफ्न्तहरु अस्पतालप्रति आक्रोशित बनेका थिए।

आक्रोशित भिडले बालकको मृत्यु डाक्टरकै लापरबाहीको कारण भएको भन्दै माफी मगाउन लगाएका थिए। आफन्तहरुको आग्रहपछि अस्पताल प्रशासनकै रोहबरमा अस्पताल प्राङगणमा आएर सबै सामु आफुहरुले गल्ती गरेको भन्दै हात जोडेर माफी मागेका थिए। माफी मागेको भिडियो एक स्थानीयले खिचेर सामाजिक सञ्जालमा राखेपछि सो भिडियो भाइरल भएको थियो।

भिडियो भाइरल भएपछि अस्पताल प्रशासनले आफूहरुको बेइज्ज भएको भन्दै अस्पतालका सबै सेवा बन्द गरेको जनाएको छ। यता चिकित्सकहरुले भने बालको मृत्यु आफुहरुको कारण नभएको र दुध सर्केर मृत्यु भएको बताउँदै आएका छन्। अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थका प्रशासन प्रमुख भुषण प्रसार्इँले अहिलेकै अवस्थामा चिकित्सकहरुले काम गर्न नसक्ने जनाएपछि इमर्जेन्सी सेवा नै बन्द गराउनु परेको बताए।

यसैबीच निमित्त प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले चिकित्सकहरुलाई आफुहरुले पटक पटक माफी नमाग्न आग्रह गरेको बताउँदै अस्पताल प्रशासनकै कारण माफी मागेकाले यसमा आफूहरुको कुनै पनि हात नभएको बताए।जिल्ला अस्पताल दोलखाका प्रमुख डाक्टर राजेन्द्रकुमार शाहाले आफुले माथिल्लो निकायमा जानकारी गराइसकेको बताउँदै तत्काल इमर्जेन्सी सेवा सुचारु गर्ने बताए।

मृतकका आफ्न्त घनश्याम रिमालले भने अस्पतालले सबै सेवा सुविधा बन्द गराएर आफुहरुको रिपोटलाई ढाकछोप गर्न खाजेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.