पाकिस्तानविरुद्ध युद्ध गर्न मोदी प्रतिबद्ध !
एजेन्सीः भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पाकिस्तानविरुद्ध युद्धका निम्ति नरेन्द्र मोदी नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्। शाहले पाकिस्तानको नाम नलिइ भनेका छन्, ‘नरेन्द्र मोदी सरकार आतंकवादका विरुद्ध युद्धका निमित पूर्ण प्रतिबद्ध छ ।’
भारत र पाकिस्तानको सीमाक्षेत्रमा भएको गोलीहानाहानपछि नरेन्द्र मोदीको पार्टीका अध्यक्ष शाहले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार बिहानका राति अढाई बजेदेखि आठ बजेसम्म दोहोरो गोली चल्दा दुई पाकिस्तानी सैनिक मारिएका छन् ।
सैनिक मारिएको पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पुष्टि गर्दै मारिएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले सीमाक्षेत्रमा भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरे पनि पाकिस्तानी सेनाले भने त्यो झुट भएको दाबी गरेको छ । भारतीय सञ्चार माध्ययमा भने ‘सर्जिकल स्ट्राइक’को हल्ला फैलाइ रहेका छन् ।
भारत–पाकिस्तानको विवादपछि देखिएका दृश्य
भारत पाकिस्तानको युद्धको खबरले भारतीय शेयर बजार प्रभावित भएको छ । बिहीबार शेयर बजारमा भारी गिरावट आएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
भारत पाकिस्तान सीमामा रहेका स्कुल अनिश्चितकालका लागि बन्द भएका छन् ।
बिबिसीका अनुसार गोलीहानाहान भएको क्षेत्रदेखि १० किलोमिटर दूरीसम्मका गाउँ समेत खाली गराइएको छ । भारतीय गृहमन्त्रालयका प्रवक्ताले भने गाउँ खाली गर्न आदेश नदिएको बताएका छन् ।
बिहीबारको दोहोरो गोलीहानपछि भारतीय प्रधानमन्त्री ठूलो दबाबमा रहेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
मोदी दबामा रहेपछि ‘सर्जिकल स्ट्राइक’ को दाबी भारतीय सेनाले गर्दै आएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
पाकिस्तान र भारतमा दुवै तर्फ ‘सर्जिकल स्ट्राइक’को चर्चा छ । भारतीय मिडियामा भने मोदीले पाकिस्तानलाई सजाय दिए भन्दै चर्चा गरिएको छ ।