भारत-पकिस्तान तनाव किन चुलियो ?

भारत-पकिस्तान तनाव किन चुलियो ?

नयाँदिल्लीः भारतीय सेनाले पाकिस्तानको सीमारेखाभित्र प्रवेश गरेर कारबाही गर्दा दुई पाकिस्तानी सैनिक मारिएको बताएपछि दुई देशबीच तनाव चुलिएको छ ।

बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिकसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको जानकारी भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले दिएका छन् ।

गत सातादेखि भारत र पाकिस्तानबीच विवाद चर्किंदै गएपछि दुई देशबीच तनावपूर्ण वातावरण बनेको हो । भारत प्रशासित कश्मीरको उरीस्थित सैन्य केन्द्रमा गत साता आतंकवादी आक्रमण भएपछि दुई देश आरोपप्रत्यारोपमा उत्रिएका थिए । उक्त आक्रमणपछि भारतले पाकिस्तानको सीमा क्षेत्रमा आफ्ना सैनिक गतिविधि बढाउँदै लगेको छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहले बिहीबार भने, ‘यो हमला बुधबार राति अबेर गरिएको थियो । सीमा नियन्त्रणरेखामा आतंकवादी जम्मा हुँदै गरेको विशेष सूचनाका आधारमा आक्रमण गरिएको हो ।' बिहीबार बिहान २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो ।

पाकिस्तानले बिनाकारण भारतीय सेनाले सीमारेखामा गोली हानेको उल्लेख गरेको छ । पाकिस्तानी टेलिभिजनमार्फत प्रधानमन्त्री नवाज सरिफले भारतले खुला रूपमा अत्याचार सुरु गरेको बताए । उनले भने, ‘हामी भारतको खुला अत्याचारकोे निन्दा गर्छौं ।' पाकिस्तानी प्रधानमन्त्री सरिफले आफ्नो रक्षाका लागि सेना तयार रहेको समेत बताएका छन् । रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री सरिफले आक्रमणको घोर भत्र्सना गर्दै भनेका छन्, ‘हाम्रो उद्देश्य शान्ति कायम गर्नु हो । त्यसलाई भारतले कमजोरी नठानोस् ।'

भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक्स' गरेको भनेर अफवाह फैलाएको पाकिस्तानी सेनाले बताएको छ ।

पाकिस्तानी सेनाले एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) सँग भनेको छ, ‘सीमा क्षेत्रमा कुनै सर्जिकल स्ट्राइक्स भएको छैन । भारतीय सेनाले सीमापारिबाट नै फायरिङ गरेको हो ।' भारतीय सेनाले गरेको फायरिङको सशक्त जबाफ दिएको दाबी पाकिस्तानी सेनाले गरेको छ ।

भारतीय सेनाले आतंकवादी अड्डामा हमला नगरेको पाक सेनाले बताएको छ । ‘आतंकवादीको आ श्रयस्थलमा हमला गर्‍यौं भन्ने भारतीय दाबी बिल्कुल गलत हो', पाकिस्तानी सेनाले भनेको छ । दोहोरो फायरिङ भए पनि भारतले ‘सर्जिकल स्ट्राइक्स' को गलत प्रचार गरिएको दाबी पाकिस्तानी सैन्य अधिकारीले गरेका हुन् ।

भारतीय सैनिकले ‘सर्जिकल स्ट्राइक्स' गरेको भए पाकिस्तानी सेना पनि चुप लागेर बस्न नसक्ने पाकिस्तानी सैनिक अधिकारीको भनाइ छ ।

पाकिस्तानी सेनाले भनेको छ, ‘बिहीबार बिहान साढे दुई बजेदेखि आठ बजेसम्म गोलाबारी भएको हो तर पाकिस्तानी क्षेत्रमा भारत प्रवेश गरेर सर्जिकल स्ट्राइक्स गरेको भए हामी चुप लागेर बस्न सक्दैनथ्यौं । यसको कडा जबाफ दिइसक्थ्यौं ।'

आक्रमणको बंगलादेशद्वारा स्वागत

भारतीय सेनाले सीमा क्षेत्रमा गरेको आक्रमणको बंगलादेशले स्वागत गरेको छ । आफ्नो सम्प्रभुता र सीमाक्षेत्रमा गरेको आक्रमणको जबाफमा पाकिस्तानविरुद्ध भारतले आक्रमण गर्नु कानुनी र अन्तर्राष्ट्रिय रूपले उचित भएको दाबी बंगलादेशले गरेको छ । युद्ध गर्नुको साटो दुवै देशले सुझबुझपूर्ण व्यवहार गर्नु सबैको हितमा रहेको भन्दै धैर्यवान् हुन पनि उसले आह्वान गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका सल्लाहकार इकबाल चौधरीले भने, ‘कश्मीर द्विपक्षीय विवाद हो । अर्को पक्षबाट आक्रमण भएपछि भारतले प्रत्याक्रमण गरेको हो ।' लामो समयदेखि चल्दै आएको विवादमा एक पक्षले आक्रमण गरेपछि अर्कोले जबाफ दिएको उनको भनाइ छ । अर्काको सम्प्रभुतामाथि आक्रमण गर्नु गलत भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.