संसारा रेमिटको दसैं तिहार योजना
काठमाडौः संसारा रेमिट प्रालिले दसैं र तिहारलाई लक्षित गरी ‘दसैं तिहार १० लाख उपहार' योजना ल्याएको छ । संसारा रेमिट प्रालिबाट रकम प्राप्त गर्ने सबै ग्राहक योजनामा सहभागी हुने कम्पनीले जनाएको छ ।
सहभागी ग्राहकमध्येबाट प्रत्येक हप्ता एकजनाले एक लाख नगद उपहार जित्नेछन् । यो योजना १० हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।
‘हामी सधैं हाम्रा मूल्यवान् ग्राहकको बीचमा रही उहाँहरूलाई बढी लाभान्वित, सुलभ र सुरक्षित सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्छौं', संसारा रेमिटका बजार तथा व्यापार प्रवद्र्धन निर्देशक सुरज क्षेत्रीले बताए ।
उनले यस नगद योजनाले विजेता ग्राहकलाई आउँदै गरेका महान् चाडपर्व अझ बढी खुसी र उमंगले मनाउन सहयोग गर्ने बताए ।