महुली सामुदायिक लघुवित्तको सेयर निष्कासन सम्झौता
काठमाडौ महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले एक लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्न एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरी तथा एनसीएम मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक विजयलाल श्रेष्ठले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० जिल्ला कार्यक्षेत्र रहेको संस्थाले २८ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेकाे छ ।