छोरी बलात्कार गर्ने बाबुको प्रयास, आमा र भाइले जोगाए

छोरी बलात्कार गर्ने बाबुको प्रयास, आमा र भाइले जोगाए

वीरगन्ज : वीरगन्जमा एक जना किशोरीलाई उनका आफनै बाबुले बलात्कारको प्रयास गरेको खुलासा भएको छ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ बजार छपकैयामा घर भइ हाल वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा डेरा लिएर बस्दै आएका ४२ वर्षिय एक व्याक्तिले आफनै १५ वर्षिया छोरीलाइ बलात्कार गर्ने प्रयास गरेका हुन् ।

गत असोज ३ गते रासत ११ बजे डेरा घरको कोठामा सुतेका बेला किशोरीलाइ उनका बुबाले बलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । एउटै कोठामा किशोरी , उनकी आमा र भाइ सुतेका थिए । मदिराको नशामा रहेका ती व्याक्तिले सुतेकी छोरीको लुगा खोलेर जबरजस्ती गर्ने क्रमम किशोरीले होहल्ला गरेपछि उनकी आमा र भाइले बलात्कार हुनबाट जोगाएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।

घटना भएको भोलिपल्ट असोज ४ गते साँझ मात्र पिडित किशोरी र उनकी आमाले उजुरी दिएपछि आरोपित व्याक्तिलाइ पक्राउ गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका आरोपित व्याक्तिलाइ जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी उद्योग ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.