'सिन्डिकेट' तोडिएको विरोधमा नुवाकोट र रसुवामा यातायात ठप्प

'सिन्डिकेट' तोडिएको विरोधमा नुवाकोट र रसुवामा यातायात ठप्प

विदुरः पासाङ ल्हामु यातायात सेवा समितिले नुवाकोट र रसुवामा एकाधिकार तोडिएको विरोधमा यातायात ठप्प पारेका छन्। नुवाकोट र रसुवामा ३२ वर्षदेखि एक्लौटी वस सेवा सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि छुट्टै वस सेवा सञ्चालन गरिएको विरोधमा पासाङल्हामुका वस सञ्चालकहरु शुक्रबार त्यसको विरोधमा यातायात बन्द गराएका हुन्।

विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै वसहरु सदरमुकाम विदुरसहित आसपासको सडकमा वस तेस्र्याएर अवरोध गरिरहेका छन्। काठमाडाैंवाट नुवाकोट तथा रसुवावाट काठमाडौंका लागि हिंडेका वस प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछिबीच बाटोमै रोकिएका छन्।

पासाङल्हामु मार्ग, देवीघाट–गल्छी सडकमार्ग तथा छहरे–टोखा सडकका विभिन्न स्थानमा अन्य यातायातका साधन सञ्चालन गर्न नसकिने गरी भएको पासाङ ल्हामु यातायात सेवा समितिको अवरोधलाई प्रहरी तथा स्थानीय प्रशासनले हटाउनका लागि पहल नगरेको गेर्खुका डा. उद्धव प्याकुरेलले गुनासो गरे। काठमाडौंवाट पारिवारिक कामका लागि घर फर्कन बालाजु टिकट काउण्टर पुगेका प्याकुरेलले बसको टिकट नपाएपछि भाडाको ट्याक्सी लिएर नुवाकोटको विदुरसम्म पुग्नु परेको थियो।

पासाङल्हामु यातायात सेवा समितिले ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरेको छ। सडकमार्ग नै अवरुद्ध गरी बस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएको वट्टारका व्यापारी दीपक कायस्थले बताए।

पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले नयाँ बस सेवा सञ्चालनको अनुमति लिएको केरुङ यातायातले केही पुराना बससमेत सञ्चालन गरेकोले विरोधमा उत्रनु परेको बताए। केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि प्रहार गरेको बताए।

केरुङ यातायात समितिले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेको सो यातायातका नुवाकोट प्रतिनिधि राज वोगटीले वताए। उनले जिल्लाका सुरक्षा निकायलाई आवश्यक सहयोगको लागि आग्रह गरिएकाले आफ्नो समितिका वसहरुले नियमित सेवा दिने बताए ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने सडक मार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सडक रोकेर विरोध गर्ने अधिकार कसैसँग नभएकोले अन्य सवारी साधनलाई गन्तव्यतर्फ पठाउन प्रशासन प्रतिवद्ध रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.